सीएनएन हिरो अनुराधा
किशोर सापकोटा, (काठमाडौं), विश्वनायक खोज्ने सीएनएनको चौथो शृंखलामा १२ हजारभन्दा बढी युवतीलाई यौनदासताबाट मुक्त गर्ने र महिला तथा बालबालिकाको तस्करीलाई रोक्न अभियान चलाउने माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला विजयी भएकी छिन्।
उनलाई शनिबार राति अमेरिकाको लसएन्जल्समा सीएनएन हिरो २०१० घोषणा गरिएको थियो। सीएनएनका एन्डरसन कपरले अनुराधालाई सीएनएन हिरो घोषित गर्नासाथ अनुराधा खुसीले दुवै हात आकाशतर्फ हुत्याएर चिच्याएकी थिइन्। विश्वनायक हुनका लागि प्रतिस्पर्धामा रहेका दशै जनासँग सीएनएन हिरोज र त्यसको मुनि आफ्नो नाम लेखिएको कार्ड थियो। त्यसलाई उचाल्ने सौभाग्य भने अनुराधाले पाएकी थिइन्। कार्ड उचाल्दा शुरुमा खुसी देखिएको अनुहारमा विस्तारै दुःखका रेखाहरु देखिएका थिए। सिउँदोमा सिन्दूर र निधारमा रातो टीका लगाएकी अनुराधाको निधार पूरै खुम्चिएको थियो।
सीएनएन नायक पदवी प्राप्त गरेपछि विस्तारै उनी शान्त बनिन्। सीएनएन हिरोका रुपमा सम्बोधन गर्न ड्यासमा उभिँदा उनका आँखामा आँसु देखिएको थियो। सम्बोधनका क्रममा दर्शकसामु उनी रोइन्। सीएनएन हिरोज अनुराधा कोइराला लेखिएको कार्डलाई छेउमा राख्दै उनले दश औँला जोडेर सबैलाई नमस्कार गरिन्। एउटा हातमा घडी अर्को हातमा केही चुरा र औँलामा औँठी लगाएकी अनुराधाले नेपाली पोसाक साडीचोलो पहिरिएकी थिइन् जुन उनको नेपालमा रहँदाको पनि पोसाक हो।
तपाईंहरुको यो सहयोगबाट मेरो कामका लागि अर्को दायित्व थपिएको छ सीएनएन हिरो घोषित भएपछि कार्यक्रमपरिसरमा उपस्थित ५ हजारजति मानिस र टेलिभिजनमार्फत प्रत्यक्ष हेरिरहेका दर्शकलाई सम्बोधन गर्दै अनुराधाले आँसु पुछिन् र भनिन्- हामीले यो जघन्य अपराधलाई अन्त्य गर्नैपर्छ। यो अपराधलाई अन्त्य गर्नका लागि मसँग हात मिलाउनुहोस् कृपया युवाहरुलाई सम्मान गर्नुहोस् अर्को पुस्ता तिनीहरुले नै निर्माण गर्दै छन्।
विश्वभरका १ सय मुलुकबाट १० हजारभन्दा बढी प्रतिस्पर्धीबाट अनुराधा विजेता बनेकी हुन्। अनलाइन भोटिङ मंसिर २ मा बन्द गरिएपछि शनिबार राति सबैभन्दा बढी मत प्राप्त गर्ने उनलाई सीएनएन हिरो घोषणा गरिएको थियो। उनले २० हजार मत प्राप्त गरेकी थिइन्।
विश्व नायक घोषित अनुराधाले माइती नेपालका लागि १ लाख अमेरिकी डलर प्राप्त गरेकी छिन् भने उत्कृष्ट दस जनाले प्राप्त गर्ने २५ हजार डलर पनि उनले प्राप्त गरेकी छिन्। शिक्षिकाको रुपमा आफ्नो करियर शुरु गरेकी अनुराधाले सन् १९९३ मा माइती नेपालको स्थापना गरेकी थिइन् र १७ वर्षको कामबाट नै विश्वविख्यात पुरस्कार प्राप्त गर्न सफल भएकी हुन्। आफ्नै डेराको घरबाट यौन दासताबाट मुक्त गरेका चेलीहरुलाई संरक्षण प्रदान गरेर शुरु भएको उनको अभियानमा बेलायती युवराज चाल्स्रले सहयोग गरेपछि लगातार सफलता मिल्दै आएको थियो र अभियान छोटो समयमा नै विश्वव्यापी बनेको छ।
सीएनएनको वेबसाइटमा ८ हप्तासम्म उत्कृष्ट दसबीचमा गराइएको मतदानमा अनुराधा अग्रपंक्तिमा परेकी हुन्। उनलाई विजयी बनाउन नेपाली साचारमाध्यम र फेसबुक युजरहरुले अभियानसमेत चलाएका थिए।
मानव बेचबिखन एउटा अपराध हो दुर्गन्धित अपराध हो र मानवताका लागि एउटा लज्जा हो विश्व नायक घोषित हुनुअगाडिको कार्यक्रमलाई सम्बोधन गर्दै अनुराधाले भनेकी थिइन -म सबैलाई मानव बेचबिखनविहीन समाज निर्माणका लागि मसँग हातेमालो गर्न आ³वान गर्छु हामी सबैका छोरीका लागि यो गर्नै पर्छ।
उनलाई सीएनएन् हिरो घोषणा गर्नु अगाडि उनी हरेक पटकको फोटो सेसनमा एउटा छेउमा उभिँदै आएकी थिइन् र बिजेता भएपछि सबैको आकर्षणको केन्द्र बनेकी थिइन्। अनुराधाको माइती नेपालले पीडितहरुलाई एउटा अस्थायी आवास मात्रै नभएर एउटा घर नै सिर्जना गरिदिएको सीएनएनले उल्लेख गरेको छ। जहाँ उनीहरु पीडा भुलेर विस्तारै स्वस्थ हुन्थे विद्यालय जान्थे केही सीप सिक्थे र एचआईभी/एड्सबाट संक्रमितहरु मायाको बीचमा आफ्ना दिनहरु बिताउँथे -सीएनएनले भनेको छ।
This is Collection Blog (All in 1)you can get all the important links, news channels, Radios, Pictures etc.
Monday, 22 November 2010
अध्यादेशमार्फत झण्डै साढे तीन खर्बको बजेट प्रस्तुत
चार महिना ढिला भएपनि बजेट अध्यादेशको रुपमा प्रस्तुत गरिएको छ
राष्ट्रपतिद्वारा जारी गरिएका चारवटा भिन्ना भिन्नै अध्यादेशहरुमार्फत ल्याइएको बजेटको मुख्य विशेषताहरु अर्थमन्त्री सुरेन्द्र पाण्डेले शनिबार सार्वजनिक गरेका छन्।
पेश गर्ने प्रक्रियाबारे सरकार र प्रतिपक्षी माओवादीबीच कुरा नमिलेपछि शुक्रबार राती संसदभित्र बजेट भाषण गर्न पुगेका अर्थमन्त्रीमाथि माओवादी सभासदहरुले हातपात गरेका थिए।
लगत्तै आधा रातमा सरकारले संसदको अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याउने निर्णय गरेको थियो।
राजनीतिक टकरावको छायाँ
सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाहलमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले भाषण गरिरहँदा बजेट साविकभन्दा १२८ दिन ढिला भइसकेको थियो।
तर त्यहाँको माहौल उक्त ढिलाईले अर्थतन्त्रलाई पारेको असरलेभन्दा बजेट ल्याउन खोज्दा संसदमा भएको बबालले गह्रुंगो बनेको सहजै अनुभव गर्न सकिन्थ्यो।
सो अनुभव अर्थमन्त्रीले शुरुमै बाँडेका थिए।
बजेट तथ्यांक
कूल बजेट रकम – रु ३३७.९० अर्ब
पूँजीगत ( विकास ) खर्च – रु १२९.५३ अर्ब
चालु ( नियमित ) खर्च – रु १९०.३१ अर्ब
राजस्व अनुमान – रु २१६.६४ अर्ब
विदेशी अनुदान – रु ६५ अर्ब
बजेट घाटा – रु ५५ अर्ब
विदेशी ऋण – रु २२ अर्ब
आन्तरीक ऋण – रु ३३ अर्ब
आर्थिक वृद्धि अनुमान - ४.५ प्रतिशत
कृषि अनुदान - रु २.७५ अर्ब
शिक्षामा सबैभन्दा बढि विनियोजन - रु ५७.६५ अर्ब
निकासीकर्ताहरुलाई प्रोत्साहन गर्न कर छुट तथा नगद पुरस्कार
मासु आयात प्रतिस्थापनलाई पशुपालनमा जोड
“यतिखेर मेरो मानसपटलमा हिजोका दृश्यहरु घुमिरहेका छन्। जसै मैले बजेट प्रस्तुत गर्न अघि बढेको थिएं, म माथि हातपात भयो र बजेट भाषण रहेको ब्रिफकेश तोडफोड गरियो। यस्तो अनपेक्षित व्यवहारबाट म स्तब्ध भएं,” उनले भने।
गए रातीको हातपातमा विग्रिएको बजेटको ब्रिफकेशलाई संग्रहालयमा राखिने घोषणा गर्दै उनले नयाँ ब्रिफकेशमा ल्याइएको बजेट नौलो तरीकाले पेश गरे।
बजेटका आँकडा
चार महिना लामो अन्योललाई चिर्दै अर्थ मन्त्री पाण्डेले पोहोरभन्दा ५३ अर्ब रुपियाँ बढि अर्थात करीब एक तिहाई ठूलो आकारको वार्षिक आम्दानी खर्च विवरण पेश गरे।
“बजेट कार्यक्रमहरु कार्यान्वयन गर्न कूल ३३७.९० अर्ब रुपियाँको बजेट प्रस्ताव गरेको छु। जसमध्ये १९०.३१ अर्ब चालु, १२९.५३ अर्ब पूँजीगत र १८.०४ अर्ब साँवा व्याज भुक्तानीको लागि छुट्ट्याइएको छ।”
बजेटलाई चाहिने रकममध्ये राजस्वबाट २१६ अर्ब र बाँकि वैदेशिक ऋण, अनुदान र आन्तरीक ऋणबाट जुटाउने योजना मन्त्री पाण्डेले सुनाए।
गएको केही महिना यता सरकारले उठाउने राजस्व आम्दानीको वृद्धि दर निकै घटेपनि अर्थमन्त्री पाण्डेले प्रस्तुत गरेको बजेटले राजस्व पोहोरकै तुलनामा बढ्ने आशा गरेको छ।
गएको वर्षभरि नेपालले विदेशी मुद्रामा गरेको आम्दानीभन्दा खर्च निकै बढि भएर चर्को भुक्तानी सन्तुलन घाटाको समस्यो बेहोर्यो।
केही महिनासम्म सो घाटा २० अर्ब रुपियाँ नाघ्यो।
उक्त समस्यासंग जुध्न बजेटले निकासीकर्ताहरुलाई कर छूट देखि लिएर नगद पुरस्कार सम्मको व्यवस्था गरेको छ।
कठिन यात्रा
तर नयाँ विकासका कार्यक्रम कुनै नल्याइएको अर्थमन्त्रीले बताए।
माओवादीका नेता समेत सम्मिलित कार्यदलले स्वीकृति दिएको परिधिलाई आफुले ननाघेको उनको भनाई थियो।
“प्रस्तुत अध्यादेश बजेटपूर्वका सहमतिकै धरातलमा रहेका छन्। तिनलाई मैले रत्तिभर परिवर्तन गरेको छैन।”
चार महिनासम्म अड्किएको बजेटलाई राजनीतिक सहमतिबाट ल्याउने प्रयास तुहिएपछि, ल्याइएको अध्यादेशलाई संसदले ६ महिनाभित्र अनुमोदन गरिसक्नुपर्छ।
तर सरकार र प्रतिपक्षीबीच विग्रिएको सम्बन्धको छायाँमा त्यसो गर्नु सजिलो भने पक्कै हुनेछैन।
त्यसमाथि यत्रोविघ्न बखेडापछि ल्याइएको बजेटको कार्यान्वयन र प्रभावकारिताप्रति उठेका आशंका हटाउन पनि उत्तिकै गाह्रो हुने देखिन्छ।

Subscribe to:
Comments (Atom)
latest Music Videos
|