Saturday, 18 December 2010

तारा एअरको दुर्घटना

लामिडाँडाबाट काठमाडौँ आउँदै गर्दा बेपत्ता भएको तारा एअरको विमान आज बिहान बल्ल ओखलढुंगाको सिरीच‍ौर ९ मानेडाँडामा यस्तो अवस्थामा भेटियो।

विमानमा रहेका सबै २२ जनैको मृत्यु भयो। सबैको लाश काठमाडौँ ल्याइसकिएको छ।

यो घटना जति दुःखद छ, ट्राभल एजेन्सीले गरेको फट्याँइ सुन्दा झन् दुःख लाग्ने छ। यो घटनामा मारिने सबै यात्रु भुटानका नागरिक रहेछन्। ट्राभल एजेन्सीले फट्याँइ गरेर नेपाली नाममा उडाएका रहेछन्। विदेशी भयो भने डलरमा भुक्तान गर्नुपर्ने भएकोले त्यसो गरेका रहेछन्।

अब हेर्नु त बिचराहरुले बीमा रकम पनि पाउने नपाउने अन्यौल छ।
विमान हेर्दा यति एअरको जस्तो रङ्ग देखिन्छ, हैन ? अनि दुर्घटना हुँदा यति एअरको विमान भनेर पनि सुरुमा समाचार आएको थियो। यसको रहस्य थाहा छ तपाईँलाई ?

कुरा के भने नि विमान दुर्घटना भयो भने यात्रुहरु त्यो एअरलाइन्सको विमान चढ्न मान्दैनन्/डराउँछन्। अस्ति भर्खर अग्नि एअरको विमान दुर्घटना हुँदा एउटा टिकट किन्दा एउटा सित्तैमा दिन्छु भन्दा पनि दशैँतिर त्यसका टिकट बेच्न ट्राभल एजेन्सीहरुलाई गाह्रो परेको थियो। त्यही भएर यति एअर र बुद्ध एअरले नयाँ जुक्ति निकालेका छन्। कमाउ र चल्तीका रुटमा उडाउँदा उडाउँदा थोत्रो भइसकेका विमानहरु अर्को एअरलाइन्सका नाममा पहाडतिर उडाउँछन्। तारा एअर भनेको यति एअरलाइन्सका थोत्रा विमान चढाउने एअरलाइन्स हो भने गुण एअरलाइन्स चाहिँ बुद्ध एअरको। दुवै एअरलाइन्सको म्यानेजमेन्ट माउ एअरलाइन्सले हेर्छ।
विमान हेर्दा यति एअरको जस्तो रङ्ग देखिन्छ, हैन ? अनि दुर्घटना हुँदा यति एअरको विमान भनेर पनि सुरुमा समाचार आएको थियो। यसको रहस्य थाहा छ तपाईँलाई ?

कुरा के भने नि विमान दुर्घटना भयो भने यात्रुहरु त्यो एअरलाइन्सको विमान चढ्न मान्दैनन्/डराउँछन्। अस्ति भर्खर अग्नि एअरको विमान दुर्घटना हुँदा एउटा टिकट किन्दा एउटा सित्तैमा दिन्छु भन्दा पनि दशैँतिर त्यसका टिकट बेच्न ट्राभल एजेन्सीहरुलाई गाह्रो परेको थियो। त्यही भएर यति एअर र बुद्ध एअरले नयाँ जुक्ति निकालेका छन्। कमाउ र चल्तीका रुटमा उडाउँदा उडाउँदा थोत्रो भइसकेका विमानहरु अर्को एअरलाइन्सका नाममा पहाडतिर उडाउँछन्। तारा एअर भनेको यति एअरलाइन्सका थोत्रा विमान चढाउने एअरलाइन्स हो भने गुण एअरलाइन्स चाहिँ बुद्ध एअरको। दुवै एअरलाइन्सको म्यानेजमेन्ट माउ एअरलाइन्सले हेर्छ।

पारस रिहा रुबेल थर्कमान

पारसविरुद्ध हातहतियार तथा खरखजाना र ज्यान मार्ने प्रयासको प्रमाण भेटिएन। त्यसैले उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दाका लागि अभियोग पत्र २४२ नम्बरमा दायर भयो। अब उनी धरौटीमा पनि हैन सामान्य तारेखमा नै रिहा हुन सक्नेछन्। आजै पारस काठमाडौँ फर्कँदै छन्। यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले वारेसनामा दिएर काठमाडौं जाने पारस शाहको योजनालाई स्थगन गरेको बुझिएको छ। स्थानीय प्रशासनसँग सल्लाह गरी पारसका वकिलले कागज तयारी गरिसकेका थिए। तर ज्ञानेन्द्रले हिजै काठमाडौँ फर्कदा भागेको भन्ने आरोप लाग्ने हुँदा त्यसो नगर्न सुझाएपछि पारसको योजना स्थगन भएको हो। पारसका कानुनव्यवसायी शिव पाण्डेका अनुसार पूर्वराजा ज्ञानेन्द्रले मुद्दा टुङ्गाएर मात्र काठमाडौँ फर्कन पारसलाई भनेका रहेछन्। ज्ञानेन्द्रले यो राजनीतिक मुद्दा भएकाले जे हुन्छ नेपाली जनतालाई भनेर मात्र उनी (पारस) काठमाडौं फर्कने बताएका थिए पाण्डेका अनुसार पूर्वराजा ज्ञानेन्द्र उपचार वा अन्य बहानामा काठमाडौं फर्कने कुरामा सहमत थिएनन्। मुद्दा किनाराका लागि एक पटक फेरि चितवन आउनुपर्ने भएकाले पनि ज्ञानेन्द्रले मुद्दाको किनारा लगाउन जोड दिएका रहेछन्।

****************
चितवनको टाइगर टप्समा शनिबार राति के भयो, त्यो कि पारसलाई थाहा छ कि रुबेललाई। गोली भने चलेकै हो र पारसले नै त्यसलाई चलाएको हो भनेर स्वयं पारसले स्वीकार गरिसकेका थिए। परिस्थिति कस्तो थियो गोली चल्दा त्यो छानबिनको विषय बनेको छ। घटना विवरण पछि बुझ्दै जाँदा मिडियामा आएको जस्तो नभएको प्रष्ट भएको छ। दुई जँड्याहाको बीचमा खै कुन्नि के विषयमा विवाद हुँदा रुबेलले सासुको पावर लगाएर पारसलाई सबक सिकाउन खोजेको चाहिँ अहिलेसम्मको घटना विवरणले बुझिएको छ। रुबेलले पावरको मिसयुज गरेर फ्याँकेको तीर अब बुमर्‍याङ भएर अर्थात् घुमेर रुबेलतिरै फर्कने निश्चित भइसकेको छ। अब घटनाले लहरो तान्दा पहरो गर्जँदै गएपछि पारस र रुबेल दुवैले बयान फेरेर जनतालाई उल्लु बनाएका छन्। पारस आज धरौटीमा रिहा हुने भएका छन्। उनले प्रहरीसँगको बयानमा आफूसँग हतियार नि नभएको र गोली पनि नचलाएको बताएका छन् र घटनास्थलमा गोलीको खोका पनि छानबिन टोलीले भेट्टाउन सकेको छैन। रुबेलले पनि पारससित हतियार नदेखेको बयान दिएका छन्।

अनि हतियार पनि छैन, देख्या पनि छैन, पड्काएको पनि छैन भने यत्रो गर्न हल्ला गर्‍या त तिमेरुले, यत्रो गर्न मिडियाबाजी गर्‍या त? तर जे होस्, तीन दिन पारस प्रहरी हिरासतमा रहने राजपरिवारका पहिलो सदस्य बने, त्यसैलाई गणतन्त्र आएको महसूस गराएको मानौँ। तर अब नवयुवराज बन्न खोज्ने रुबेल पनि बच्न सक्ने स्थितिमा छैनन्। उनका अवैध धन्दा र कारोबार बारे नेपाली मिडियाले खेदेको खेद्‍यै छन्। अबका केही दिनमा कि रुबेल विदेश भाग्यो भन्ने समाचार सुन्नु पर्छ, कि त प्रहरीले गिरफ्तार गर्‍यो भन्ने सुन्न पाइन्छ- एक साथी अघि यसरी नै ठोकुवा गर्दै थिए।
पासपोर्ट नं. ए ०१६०२४४ वाहक बंगलादेशी नागरिक रुबेल चौधरी जुन ७, २०१० बाट रिलेसन भिसामा नेपाल बस्दै आएका छन्। र, यो चौधरीको नेपाल बसाई पहिलो होइन। यस अघि पनि धेरै पटक रुबेल चौधरी नेपाल आएका छन् र लामो समय बसेर फर्किने गरेका छन्। परराष्ट्रमन्त्री एवम् उपप्रधानमन्त्री सुजाता कोइरालाको ज्वाईं भए यता रुबेलको सक्रियता बढेको घटनाक्रमले स्पष्ट पार्छन्।

बंगलादेशको ढाका स्थायी बसोबास भए पनि रुबेल चौधरी फिलिपिन्स र मलेसियामा बस्ने गरेका थिए। विशेष गरी अवैध भीओआईपी कल बाइपास मुख्य व्यवसाय भएका रुबेलको सञ्जाल कोइराला परिवारको ज्वाईँ भएयता बढेको हो। नेपाल अघि चौधरी, फिलिपिन्स, मलेसिया र बंगलादेशबाट भीओआईपी कल बाइपासको व्यवसाय गर्दै आएका थिए।

latest Music Videos


More Music Videos
latest articles