Tuesday, 1 November 2011

झन्डै पाँच वर्षदेखि चलेको शान्ति प्रक्रियाको मूलभूत विषय

काठमाडौ, कार्तिक १६ - झन्डै पाँच वर्षदेखि चलेको शान्ति प्रक्रियाको मूलभूत विषय माओवादी लडाकुको समायोजन र पुनःस्थापनालाई लिएर दलहरूबीच अन्ततः मंगलबार ठोस सहमति भएको छ । २०६२ सालमा १२ बुँदे समझदारी गरी अघि बढेको शान्ति प्रक्रिया २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामार्फत विधिवत रूपमा अघि बढेको थियो ।

एकजुट भई राजतन्त्रको समाप्ति गर्दै गणतन्त्र घोषणा गरेका दलहरू खासगरी संविधानसभा निर्वाचनपछि 'राष्ट्रिय सहमति' को बाटो छाडि बहुमतीय पद्धतिमा लागेपछि शान्ति प्रक्रिया अलपत्र परेको हो । त्यहीकारण छ महिनाभित्र सम्पन्न गर्ने भनिएको शान्ति प्रक्रियाको मूल विषय माओवादी लडाकुको समायोजन र पुनःस्थापनाको कार्य चार वर्षभन्दा बढी समय अवरुद्ध बन्न पुग्यो । यसको मूल कारण थियो, प्रमुख दुई दल माओवादी र कांग्रेस दुई दिशातिर र्फकनु ।

संविधानसभा निर्वाचनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएन भने त्यसपछि एमाले नेता माधवकुमार नेतृत्वको सरकारमा माओवादी प्रतिपक्षमा बस्नेमात्र होइन चर्को सडक संघर्षमै ओर्लियो । त्यसपछि एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएन । र, अहिलेको माओवादी उपाध्यक्ष बाबुराम भट्टराई सरकारमा त कांग्रेस, एमालेजस्ता संविधानसभाको दोस्रो र तेस्रो दल नै सहभागी छैनन् । तर केही समययता दलहरूबीच, खासगरी माओवादी र कांग्रेस सत्ता बाँडफाँड सम्बन्धमा सहमतिनजिक पुगेकाले शान्ति प्रक्रियामा पनि सकारात्मक पहल हुन थालेको हो ।

माओवादी र कांग्रेसबीच संविधान जारी नभएसम्म माओवादी नेतृत्वको सरकारमा कांग्रेस, एमाले सहभागी भई राष्ट्रिय सहमतिको स्वरूप दिने र त्यसपछिको चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने अनौपचारिक सहमति बनेको स्रोतले बतायो । त्यसपछि प्रधानमन्त्री भट्टराई भारत भ्रमणमा जानुअघि नै कात्तिक २ गते राति अबेरसम्म बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियाबारे ठोस् प्रस्ताव तयार गर्न माओवादीका वर्षमान पुन, कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेका भीम रावल सम्मिलित कार्यदल बनाएको थियो । कार्यदलको प्रस्तावमा छलफल गर्न कात्तिक ३ गते बिहान पुनः प्रमुख तीन दलका शीर्ष नेताबीच बैठक भए पनि समय अभावका कारण टुंगोमा पुग्न सकेन ।

प्रधानमन्त्री फर्किएलगत्तै पुनः वार्तामा लागेका दलहरूले अन्ततः मंगलबार राति शान्ति प्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार निर्माणबारे सहमति गरेका छन् । सहमति कार्यान्वयनमा अघि बढे मंसिरको दोस्रो सातासम्म संविधानको पहिलो मस्यौदा जारी हुनुका साथै राष्ट्रिय सहमतिको सरकार निर्माणको ढोका खुल्नेछ । सत्ता साझेदारीको विषयमा दलहरू मिलेपछि शान्ति प्रक्रियामात्र होइन, संविधान लेखनको विषयसमेत टुंगिने छ । नयाँ निर्वाचनमार्फत मुलुक नयाँ चरणमा प्रवेश गर्नेछ र झन्डै पाँच वर्ष लामो संक्रमणबाट मुलुकले मुक्ति पाउनेछ ।

२०६३ वैशाख ११: दोस्रो जनआन्दोलनमार्फत लोकतन्त्र स्थापना ।

२०६३ वैशाख १३: माओवादीद्वारा तीन महिनाको युद्धविराम घोषणा ।

२०६३ वैशाख २०: सरकारबाट पनि युद्धविराम घोषणा, माओवादीलाई वार्तामा आउन औपचारिक आह्वान ।

२०६३ जेठ १२: सरकार र माओवादीबीच वार्तापछि २५ बुँदे युद्धविराम आचारसंहिता जारी ।

२०६३ असार २: माओवादी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारमा सार्वजनिक, सात दल र माओवादीबीच ८ बुँदे समझदारी ।

२०६३ साउन २४: सरकार र माओवादीबीच पाँच बुँदे सम्झौता, शान्ति प्रक्रियामा राष्ट्रसंघलाई सहभागी गराउने निर्णय ।

२०६३ भदौ १२: राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनद्वारा काम सुरु ।

२०६३ कात्तिक २१: सात दल र माओवादीबीच हतियार व्यवस्थापन, अन्तरिम संविधान र अन्तरिम व्यवस्थापिकाबारे सहमति

२०६३ कात्तिक २२: सशस्त्र युद्धको समाप्ति र चालू युद्धविराम स्थायी अन्त्यको घोषणा ।

२०६३ मंसिर ५: विस्तृत शान्ति सम्झौता । विस्तृत शान्ति सम्झौताको बुँदा ४.४ मा 'माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापना निम्ति अन्तरिम मन्त्रिपरिषद्ले विशेष कमिटी बनाएर काम गर्ने' उल्लेख ।

२०६३ मंसिर २२: हतियार र सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौता ।

२०६३ माघ १: अन्तरिम संविधान जारी । अन्तरिम संविधानको धारा १४६ मा 'लडाकुहरूको संक्रमणकालीन व्यवस्था: माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापनाका निम्ति मन्त्रिपरिषद्ले विशेष समिति बनाउनेछ र त्यस्तो समितिको काम, कर्तव्य र अधिकार मन्त्रिपरिषद्ले निर्धारण गरेबमोजिम हुनेछ,' उल्लेख ।

२०६३ माघ ९: राष्ट्रसंघीय सुरक्षापरिषद्को प्रस्ताव नम्बर १७४० का आधारमा राष्ट्रसंघीय मिसन अनमिनको स्थापना ।

२०६३ चैत १८: माओवादी सम्मिलित अन्तरिम सरकार गठन ।

२०६४ चैत २८: संविधानसभा निर्वाचन सम्पन्न ।

२०६५ जेठ १५: गणतन्त्र नेपालको घोषणा ।

२०६५ साउन २१: माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित ।

२०६५: प्रधानमन्त्रीको अध्यक्षतामा माओवादी, कांग्रेस र एमालेबाट दुई/दुई तथा मधेसवादी दलबाट एक/एक गरी ८ सदस्यीय विशेष समिति गठन । यसमा शान्तिमन्त्री पदेन सदस्य र मुख्यसचिव सदस्यसचिव रहने छन् ।

२०६६ माघ २८: माओवादीका अप्रमाणित ४ हजार ८ जना लडाकुको बहिर्गमन ।

२०६७ भदौ ३१: विशेष समितिबाट 'माओवादी सेनाका लडाकुहरूको रेखदेख, नियन्त्रण्ा, निर्देशन प्रक्रिया र आचारसंहिता निर्देशिका- २०६७' पारित ।

२०६७ माघ १: अनमिनको बिदाइ । करिब ४ वर्षको अवधिमा अनमिनको समयावधि पटक-पटक गरी ७ पटक थपियो । यसक्रममा अनमिनले लडाकुहरूको प्रमाणीकरण, अनुगमन र विवाद सहजीकरणको काम गर्‍यो । सुरुमा अनमिनले ३२ हजार २ सय ५० लडाकु र ३ हजार ४ सय ७५ हतियार दर्ता गरेको थियो । प्रमाणीकरणका क्रममा अनावश्यक प्रश्न सोधेर लडाकुको संख्या घटाउन लागेको भन्दै माओवादीले विरोध गरेपछि केही समय प्रक्रिया अवरुद्ध भयो । अन्ततः १९ हजार ६ सय २ जनालाई वास्तविक लडाकु घोषणा गरियो । माओवादी दबाबमा ठूलो संख्या निकालेको भन्दै कांग्रेस, एमालेलगायतका दलको विरोध रह्यो । माओवादी अध्यक्ष दाहालले शक्तिखोरमा दिएको प्रशिक्षणमा आफ्ना वास्तविक लडाकु ६/७ हजारमात्रै भएको अभिव्यक्ति दिएको भिडियो टेप सार्वजनिक भएपछि त अनमिनको हदैसम्मको आलोचना भयो । प्रमाणित १९ हजार ६ सय २ मध्ये ३ हजार ८ सय ४६ महिला छन् । कुल दर्तामध्ये ८ हजार ६ सय ४० जना दोस्रो चरण्ाको प्रमाणीकरणमा उपस्थित नै भएनन् र स्वतः अयोग्य ठहरिए । दोस्रो चरणको प्रमाणीकरणमा ४ हजार ८ जना अयोग्य घोषति गरिए । यीमध्ये २ हजार ९ सय ७३ जना १८ वर्षमुनिका थिए । अनमिन जानुअघिसम्मको तथ्यांकअनुसार मातृका यादव समूहमा गएका र भागेकालाई घटाउँदा शिविरमा १९ हजार ५ सय ७५ लडाकुमात्र बाँकी छन् ।

२०६७ माघ १: अनमिन फर्केसँगै विशेष समिति मातहतको सचिवालयबाट शिविरको अनुगमन सुरु । सात मुख्य शिविर, त्यहाँ रहेको हतियारका सात कन्टेनर र छाउनी ब्यारेकमा रहेको हतियारको एक कन्टेनर अनुगमनका लागि प्रत्येकमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र लडाकुका दुई/दुई गरी ८ सदस्यीय अनुगमन संयन्त्र र व्यवस्थापकीय कार्यमा सघाउन प्रत्येक शिविरमा विभिन्न तहका सात कर्मचारी परिचालित । त्यसैगरी २१ सहायक शिविरमा नेपाली सेना र माओवादीका दुई/दुई तथा प्रहरी र सशस्त्र प्रहरीका एक/एक गरी ६ सदस्यीय अनुगनम संयन्त्र र पाँच कर्मचारी खटिएका छन् ।

२०६७ माघ ८: माओवादी लडाकुका शिविर र हतियारका कन्टेनर विशेष समिति मातहत ल्याउने घोषणा । यसका साथै शिविर इलाकामा रहेका अनुगमन संयन्त्रको रिर्पोटिङ लिन र आवश्यक निर्देशन दिन विशेष समिति र सचिवालयको कार्यालय रहेको नयाँबानेश्वरस्थित भवनमै एक सिचुएसन सेन्टर निर्माण । सिचुएसन सेन्टरका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र लडाकुका चार/चार गरी १६ जनशक्ति नियुक्त छन्, यिनलाई चारवटा टोलीमा बाँडिएको छ । सिचुएसन सेन्टर २४ घन्टा सञ्चालन रहन्छ । एक पटकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र लडाकुका एक/एक गरी चार सदस्यीय एक टोली कार्यरत रहन्छ, जसको कार्यअवधि आठ घन्टा तोकिएको छ ।

२०६८ कात्तिक २३: आगामी कात्तिक २३ गतेबाट पुनर्वर्गीकरणको काम सुरु गर्न सकिने सचिवालय संयोजक बालानन्द शर्माले बताएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईको संयोजकत्वमा बसेको विशेष समिति बैठकले सर्भेक्षण टोलीलाई चारबाट बढाएर सात पुर्‍याउने निर्णय गरेको छ । प्रत्येक टोलीमा १८ अधिकृत र १२ प्राविधिकसहित ३० जना रहनेछन् । यसका लागि २ सय १० जनाको भर्ना प्रक्रिया अगाडि बढाइसकिएको छ । सात मुख्य र २१ सहायक गरी २८ शिविरमध्ये प्रत्येक सर्भेक्षण टोलीको भागमा चार टोली पर्ने र एउटा शिविरको सर्भेक्षण सक्न नौ दिनका हिसाबले पुनर्वर्गीकरण सक्न ३६ दिन लाग्ने सचिवालयको समयतालिका छ । सचिवालयले बुधबारबाट जनशक्ति छनोट अघि बढाएर कात्तिक २१ सम्ममा तालिम, प्रशिक्षण दिई २२ गते शिविरमा परिचालन गर्ने र २३ बाट सर्भेक्षण गरी पुनर्वर्गीकरण थाल्ने सचिवालयको योजना छ । शीर्ष दलबीच मंसिर ७ गतेसम्म पुनर्वर्गीकरण सक्ने सहमति भएकाले सचिवालयले अनुगमनमा परिचालित जनशक्तिसमेत प्रयोग गरी निर्धारित समय तालिकाभित्र काम सक्ने योजना बनाएको छ ।

Friday, 22 July 2011

Jordan vs Nepal Live....

Watch Jordan vs Nepal Live Stream World Cup Qualifying AFC on Saturday July 23 2011 kick-off time 17:00 GMT at Amman Stadium. If you have no money to buy ticket and dont have a chance to go or visit the stadium to Watch Jordan vs Nepal Live World Cup Qualifying AFC you can watch the game live here. We will post the Jordan vs Nepal live video streaming links when it is available online. You can also check justin tv, Ustream, Adthe, Rajangan, Fredocast, MyP2p, Sopcast they are also provide live coverage of this game.


Click Here To Watch Jordan vs Nepal Live Stream

Friday, 15 July 2011

Nepal Vs Jordan : World Cup qualifiers




After their success against Timor Leste in first round of 2014 World Cup Asian Qualifiers with emphatic 7-1 aggregate victory, Nepal is all set to play against Jordan in the second round on July 23 and 28. Jordan, ranked 83rd in the FIFA ranking currently, are two times (2004 and 2011) quarter finalists in AFC Asian Cup.

Comparing the historical background of both the teams, Jordan seems much stronger than Nepal. But Nepali Coach Graham Roberts, former English International, believes that Nepal can beat Jordan. When asked if Nepal can beat Jordan, Roberts said, "Why not! We can beat them. We are confident and will do everything possible in the second round qualifiers"
Jordan and Nepal are playing against each other for the first time. Jordan might be a tough call for Nepal but one thing common in both teams is they have lost only one match played in last seven matches.

Here's some comparisons of two teams :

FIFA ranking
Nepal 148 Vs Jordan 83

Highest Ranking
Nepal 124 (Dec 1993) Vs Jordan 37 (July 2004)

Lowest ranking
Nepal 188 (Feb 2008) Vs Jordan 152 (July 1998)

Football governing body
All Nepal Football Association (ANFA)
Jordan Football Association (JFA)

World Cup Appearances
Nepal: never qualified
Jordan: never qualified

Asia Cup Appearances
Nepal: never qualified
Jordan: Quarterfinalists in 2004 and 2011

Nepal: Last seven matches
W W D L W W W
Opponents:
East Timor (twice), Sri Lanka, Korea DPR, Afghanistan, Bhutan (twice)


Jordan Last seven matches
D D L W W D D
Opponents:
Korea DPR, Kuwait, Uzbekistan, Syria, Saudi Arabia, Japan, Uzbekistan


Coach
Nepal: Graham Roberts, Former England International
Jordan: Adnan Hamad, Former Iraq International

Biggest Win
Nepal Vs Bhutan 7-0 (1999)
Jordan Vs Macau 13-0 (2006)

Biggest defeat
Nepal Vs South Korea 0-16 (2003)
Jordan Vs China 0-6 (1984)


National Stadium
Dasharath Rangashala, Capacity : 25,000
Amman International Stadium , Capacity : 25,000

Kit Provider
Nepal: Adidas
Jordan: Adidas

Jersey:
Home
Nepal: Red
Jordan: White
Away
Nepal: Blue
Jordan: Red

Saturday, 25 June 2011

डिलिट वा फरम्याट भई सकेको फाइल फेरी प्राप्त (Recover) गर्ने तरिका

डिलिट वा फरम्याट भई सकेको फाइल फेरी प्राप्त (Recover) गर्ने तरिका
तपाईंलाई अबस्य पनि कहिले न कहिले यस्तो समस्या परेको नै होला कि आफ्नो महत्वपूर्ण फाइल वा फोल्डर गल्तीले डिलिट भएको ? अथवा कुनै समस्याको कारण आफ्नो कम्प्युटर फरम्याट गर्नु परेको । कुनै न कुनै कारण यस्तै कुनै महत्वपूर्ण फाइल वा फोल्डर गुमाउनु परेको । त्यो डिलिट भई सकेको फाइल फेरी पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Data Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । यस्तै सफ्टवयर बारे पहिले पनि जानकारी दिई सकेको थिए (यहा क्लिक गरेर हेर्न सक्नु हुन्छ)
यस्तै ठुलो समस्या समाधानको लागि यहाँ यस्तै एउटा software बारे जानकारी दिन गईरहेको छु , मात्र 2MB साइजको यो पोर्टेबल software बाट तपाईंले आफ्नो Disk Drive मात्र हैन आफ्नो USB PenDrive वा Memory Card बाट समेट Delete भई सकेको Data पुन प्राप्त गर्नु सक्नु हुनेछ ।
यो software Portable मा उपलब्ध छ यसको मतलब तपाईंले यसलाई कम्प्युटरमा install गरी राख्नु पर्ने जरुरत पर्ने छैन ।

बस यो software लाई download गर्नुहोस् unzip गर्नुहोस् र "PowerDataRecovery.exe" फाइल खोल्नुहोस् ।


भर्खरै Delete भएको फाइल पाउन चाहनु हुन्छ भने सुरुको "undelete Recovery" option लाई छान्नुहोस् (click गर्नुहोस् )
त्यहा तपाईंले home tab मा ४ वोटा option पाउनु हुनेछ ।


file कुन patrition मा थियो क्लिक गर्नुहोस् र "Recover" box मा क्लिक गर्नुहोस् ।


बाँया तिर फाइल वा फोल्डरहरुको list देखिनेछ त्यहा कुन फाइल हो छान्नुहोस् र बिचमा कुन फाइललाई recover गर्नु पर्ने हो tick मार्क लगाउनुहोस् र दाँया तिर भएको Save Files बक्समा क्लिक गर्नुहोस् ।


त्यस्तै format भईसकेको Disk बाट Data फर्काउनु छ भने Advanced Recovery tab मा क्लिक गर्नुहोस् र same procress गर्नुहोस् ।

सबै प्रकृयाको लागि Disk को size अनुसार केही टाईम लाग्न सक्छ ।

यो software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् (http://www.box.net/shared/stp63gn3sbsp0jc49lnn)

नोट : यो सफ्टवयर जती उपयोगी छ त्यती खतरनाक पनि किनभने तपाईंले कुनै त्यस्तै फाइल जानी जानी अरुले नहिरोस वा नदेखोस् भनेर डिलिट गर्नु भएको छ भने पनि कसैले यही software को प्रयोग गरेर तपाईंले डिलिट गर्नु भएको फाइल प्राप्त गर्न सक्छ ।

Enjoy !!!

latest Music Videos


More Music Videos
latest articles