Wednesday, 15 August 2012

Windows 7 मा Hard Drive लाई फरम्याट नगरि Partition गर्ने

टेक्निकल दुनियाँमा नयाँ नयाँ अपरेटिङग सिस्टमको आगमन सँगै पुरानाको तुलनामा अझ धेरै सुबिधाहरु थपिएर आएका छन । हालै चलन चल्तीमा रहेको अपरेटिङग सिस्टम Windows 7 तथा Vista मा Disk Partition सजिलै गर्न सकिन्छ । पुराना अपरेटिङग सिस्टममा एक चोटि Partition गरिसकेको Hard Drive लाई फेरी partition गर्नु परेमा Format नै गर्नु पर्ने समस्या हालका अपरेटिङग सिस्टममा छैन । यहाँ चर्चा गर्न लागिएको सिस्टम windows 7 मा तपाईंले सजिलै कम्प्युटर फरम्याट नगरीकनै आफ्नो hard drive लाई Partition गर्न सक्नु हुनेछ । Disk management मा उपलब्ध Shrinking र expanding utility प्रोग्रामको सहायताले तपाईंले Partition मात्र हैन drive डिलिट तथा re-size पनि गर्न सक्नु हुनेछ ।
अब यहाँ Hard Drive लाई कसरी partition गर्ने भन्ने बारे Step by Step चर्चा गरौ :

१) सर्वप्रथम "start" बटनमा क्लिक गरौ, त्यहा देखिएको "Computer" मा राईट क्लिक गरौ र "manage" option मा जाऔ ।

२) "Computer Management" नामको नयाँ window खुल्नेछ, त्यहा "Storage" मा क्लिक गरौ र "Disk Management" मा जाऔ ।

३) "Disk Management" मा गईसकेपछि तपाईंले आफ्नो कम्प्युटरमा भएको Drive हरु देख् न सक्नुहुनेछ ।

४) अब तपाईंले कुन drive लाई partition गर्न खोज्नु भएको हो त्यो "Drive" लाई राईट क्लिक गर्नुहोस् र "Shrink Volume" option लाई छान्नुहोस् ।

५) नयाँ window खुल्नेछ जसमा उक्त Drive को Size, Partition को लागि उपलब्ध space र नयाँ partition मा कति amount को space भएको Drive बनाउने भन्ने option हुनेछ । त्यहा तपाईंले नयाँ Partition गर्दा बन्ने drive कती space को बनाउने हो त्यो Value भर्नु पर्नेछ । याद राख्नुहोस् त्यहा Size of available shrink space मा देखिएको भन्दा बढी Space Value त्यहा राख्न पाउनु हुन्न ।


६) Value राखीसकेपछि Shrink बटन क्लिक गर्नुहोस् र procress सकिन केही समय पर्खिनुहोस् । operation सकिएपछि त्यहा तपाईंले unallocates space र तपाईंले अघि राख्न नु भएको exactly value भएको खाली drive देख् नु हुनेछ । अब त्यो unallocated space लेखिएको drive लाई सेलेक्ट गर्नुहोस् र राईट क्लिक गरेर "New Sample Volume" option मा जानुहोस् ।

७) त्यहा नयाँ बन्ने Volume को लेटर कुन राख् ने छान्नुहोस् र next बटन क्लिक गर्नुहोस् ।
८) अब Format पेज देखिनेछ यहाँ निर ध्यान दिनुहोस् कि File System NTFS सेलेक्ट गर्नुहोस् र Volume Label मा उक्त volume को नाम कुन राख् ने हो लेख्नुहोस् ।


९) Next बटन क्लिक गर्नुहोस् र अन्तिममा Finish गर्नुहोस् ।

Monday, 28 May 2012

संविधानसभाको ४ वर्ष


काठमाडौ, जेष्ठ १५ - निकै उत्साहित माहोलमा 'नयाँ नेपाल निर्माण' महान् उद्देश्यसहित संविधानसभा चुनाव २०६४ चैत २८ मा भएको थियो । जतिबेला आम अपेक्षा थियो, अब मुलुकले राजनीतिक स्थिरता पाउनेछ । चार वर्षको अन्त्यमा राजनीतिक दलहरूले नयाँ संविधान होइन, जनतालाई 'चरम संक्रमणकाल' कोसेली दिएका छन् ।
जनताद्वारा कोरिएको संविधान हेर्ने जनताको अपेक्षा कुठाराघात भएको छ । आवश्यकताभन्दा अत्यधिक बढी जम्बो संविधानसभा बन्यो । संविधानसभाको चुनावबाट प्रत्यक्ष र समानुपातिक गरी ६०१ सभासद चुनिए । संविधान घोषणा गर्ने मितिसम्म अनेक प्रकरणका कारण ५९५ मात्रै सभासद थिए ।
२०६५ जेठ १४ मा सभासदलाई पद तथा गोपनीयताको शपथ ग्रहण भयो भने पहिलो बैठक १५ गते संविधानसभा भवन बानेश्वरमा बस्यो । सोही बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो । लोकतान्त्रिक गणतन्त्रको पक्षमा ५ सय ६० र विपक्षमा ४ मत पर्‍यो ।
मुलुक गणतन्त्र घोषणा भएपछि २९ जेठमा पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेर नागार्जुन जंगलमा रहेको दरबार गए । १२ असारमा कामचलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिए ।
२०६५ साउन ६ मा रामवरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित भए भने ४ साउनमा परमानन्द झा उपराष्ट्रपतिमा निर्वाचित भए । ९ साउनमा एमाले सभासद सुवासचन्द्र नेम्वाङ सभामुखमा निर्वाचित भए ।
संविधानसभा चुनावमा माओवादी ठूलो पार्टीका रूपमा स्थापित भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल २०६५ साल ३१ साउनमा गणतन्त्र नेपालको पहिलो र दोस्रो कम्युनिस्ट प्रधानमन्त्री बने । २७ कात्तिकमा समानुपातिकतर्फबाट सभासद बनेका मोहन वैद्य किरणले सभासदबाट राजीनामा दिए । १३ मंसिरमा माओवादी सभासद पूर्णकुमारी सुवेदी उपसभामुखमा निर्वाचित भइन् । २६ पुसमा दुईवटा क्षेत्र (रौतहट र काठमाडौं) बाट चुनाव हारेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल संविधानसभाका सदस्यमा मनोनयन गरियो । २८ चैतमा ६ क्षेत्र (कास्की, रोल्पा, कञ्चनपुर, धनुषा, सुनसरी) मा संविधानसभाको उपनिर्वाचन भयो ।
३ वैशाख २०६६ मा सरकारले गणेशमान गुरुङको संयोजकत्वमा राज्य पुनर्संरचना आयोग बनायो । ७ वैशाखमा प्रधानसेनापति रुक्मांगद कटवालसँग सरकारले स्पष्टीकरण माग्यो । प्रधानसेनापति कटवालले सरकारको निर्देशन उल्लंघन गरेको भन्दै सरकारले उनलाई बर्खास्त गरी कुलबहादुर खड्कालाई कामु प्रधानसेनापतिको पत्र दियो । कटवाललाई प्रधानसेनापतिबाट बर्खास्त गरेकोबारे सरकारले पठाएको पत्र राष्ट्रपति रामवरण यादवले अस्वीकार गरे । त्यही विवादले दाहालले २१ वैशाख २०६६ मा राजीनामा दिए । राजीनामाको भोलिपल्टैदेखि माओवादीले संसद् अवरोध गर्‍यो ।
सुरुमा संवैधानिक समितिका सभापति रहेका माधव नेपाल २०६६ जेठ ९ मा कांग्रेस र मधेसवादी दलसहित २२ दलको समर्थनमा प्रधानमन्त्री निर्वाचित भए । उपराष्ट्रपतिले हिन्दी भाषामा शपथ लिएकोबारे रिट परेपछि ७ भदौमा सर्वोच्च अदालतले झाको शपथ खारेज गर्‍यो । १२ भदौमा कांग्रेस सभासद नीलाम्बर आचार्य संवैधानिक समितिको सभापतिमा निर्वाचित भए । लोकतान्त्रिक आन्दोलनका कमान्डर कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भयो ।
६ वैशाख २०६७ मा सभामुख सुवास नेम्वाङले जेठ १४ को विकल्प खोज्न सुझाव दिए । तर दलहरू निष्कर्षमा पुग्न सकेनन् । १९ वैशाख २०६७ मा माओवादीले अनिश्चितकालीन आमहडतालसहित 'तेस्रो जनआन्दोलन' घोषणा गर्‍यो । १९ देखि २४ वैशाखसम्म माओवादी हडताल जारी रह्यो । यसबीचमा शान्ति प्रक्रिया र संविधान निर्माणमा कुनै प्रगति हुन नसकेपछि पहिलो पटक २०६७ जेठ १४ मा एक वर्ष संविधानसभाको म्याद थपियो । त्यसको भोलिपल्टै माओवादीले खुल्लामञ्चबाट 'संविधानको मस्यौदा' सार्वजनिक गर्‍यो ।
शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन नसकेको भन्दै नेपालले १६ असार २०६७ मा राजीनामा दिए । व्यवस्थापिका सं्द्मा ५ साउनदेखि प्रधानमन्त्रीको निर्वाचन सुरु भयो, १७ पटक चुनाव हुँदा पनि प्रधानमन्त्री चयन नभएपछि संविधान संशोधन गरी प्रधानमन्त्री चयन गरियो ।
नेपालको राजीनामाको सात महिनापछि २०६७ माघ २० मा एमाले अध्यक्ष झलनाथ खनाल माओवादीसहितको समर्थनमा प्रधानमन्त्री चयन भए । दोस्रो पटक २०६८ जेठ १४ मा तीन संविधानसभाको म्याद तीन महिना थप भयो । ३० साउन २०६७ मा खनालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिए ।
उनले राष्ट्रिय सहमतिका लागि भनिएपछि बहुमतीय प्रणालीबाट नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत दलका ३४० सभासदको समर्थनमा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई ११ भदौ २०६८ मा प्रधानमन्त्री निर्वाचित भए । कार्यकाल सकिनुअगावै तेस्रो पटक १२ भदौमा ३ महिना फेरि संविधानसभाको म्याद थप भयो । २ कात्तिकमा प्रधानमन्त्रीद्वारा मन्त्रीहरू शरतसिंह भण्डारी र प्रभु साहलाई बर्खास्त गरे । १५ कात्तिकमा दलहरूले शान्ति प्रक्रिया पूरा गर्न सात बुँदे सहमति गरे ।
६ मंसिरमा संघीयताबारे टुंगो लगाउन संयोजक बिनाको राज्य पुनसर्ंरचना सुझाव आयोग गठन भयो । १८ मंसिरमा मदन परियारलाई आयोगको संयोजक नियुक्त गरियो । शान्ति र संविधान पूरा नहुने भएपछि च्ाौथो पटक १३ मंसिरमा ६ महिना संविधानसभाको म्याद थपियो । पटकपटक म्याद थपिए पनि संविधान जारी नहुने देखिएपछि सर्वोच्च अदालतले थपिएको म्यादभित्र संविधान जारी नभए पनि संविधानसभा स्वतः खारेज हुने फैसला ९ मंसिरमा गर्‍यो ।
७ जेठमा संविधानसभाको म्याद तीन महिना थप गर्ने प्रक्रिया अघि बढाएपछि सर्वोच्च अदालतले ९ जेठमा म्याद थप गर्न नमिल्ने फैसला सुनायो । १७ माघमा राज्य पुनर्संरचना आयोगले फरक मतसहितका दुई प्रतिवेदन सरकारलाई बुझायो । प्रतिवेदनबारे संविधानसभा बैठकमा छलफल पनि भयो तर टुंगो
लाग्न सकेन । 
१० चैतमा प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको निर्देशन उल्लंघन गरेको भन्दै श्रममन्त्री सरिता गिरीलाई बर्खास्त गरे । २८ चैतमा लडाकु र शिविर नेपाली सेनाको जिम्मा लगाइयो । १२ वैशाखमा शासकीय स्वरूपमा दलहरूबीच सहमति भयो । केन्द्रीय संसद् ३८५ बनाउने सहमति भयो ।  
४ वर्ष, ४ सरकार
१. पुष्पकमल दाहाल
२. माधव नेपाल
३. झलनाथ खनाल
४. बाबुराम भट्टराई
चारै पल्ट म्याद थप
०६७ जेठ १४    :    १ वर्ष
०६८ जेठ १४    :    ३ महिना
०६८ भदौ १२    :    ३ महिना
०६८ मंसिर १३   :    ६ महिना
विवादमा परेका सभासदहरू
- बालकृष्ण ढुंगेल- हत्यारा पुष्टि
-  नारदमुनि राना- पासपोर्ट दुरुपयोग
-    गायत्री साह- पासपोर्ट दुरुपयोग
-    बीपी यादव- पासपोर्ट दुरुपयोग
-    श्यामसुन्दर गुप्ता- अपहरण मुद्दा -जेलमा)
-    जेपी गुप्ता- भ्रष्टाचारी ठहर -जेलमा)
-    किरणकुमारी यादव- एसएलसीमा नक्कली परीक्षार्थी प्रयोग
-    डोलबहादुर कार्की- घूस प्रकरण
-    प्रेमबहादुर पुलामी- एसएलसीमा नक्कली परीक्षार्थी प्रयोग
-    शिवपुजन राय- पासपोर्ट दुरुपयोग
-    विश्वेन्द्र पासवान- कुर्सी तोडफोड
-    सञ्जय साह- माइक तोडफोड
-    सूर्यमान दोङ- बजेट बि्रफकेस तोडफोड
-    राजकाजी महर्जन- बि्रफकेस तोडफोड
-    लोकेन्द्र बिष्ट- संविधानसभा भित्र हतियार बोकेर प्रवेश

Tuesday, 10 January 2012

Top FREE Data Recovery Software

Top FREE Data Recovery Software

तपाईंलाई अबस्य पनि कहिले न कहिले यस्तो समस्या परेको नै होला कि आफ्नो महत्वपूर्ण फाइल वा फोल्डर गल्तीले डिलिट भएको ? अथवा कुनै समस्याको कारण आफ्नो कम्प्युटर फरम्याट गर्नु परेको । कुनै न कुनै कारण यस्तै कुनै महत्वपूर्ण फाइल वा फोल्डर गुमाउनु परेको । त्यो डिलिट भई सकेको फाइल फेरी पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Data Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । यस्तै सफ्टवयर बारे पहिले पनि जानकारी दिई सकेको थिए (यहा क्लिक गरेर हेर्न सक्नु हुन्छ)
यस्तै ठुलो समस्या समाधानको लागि यहाँ Top 10 Data Recovery software हरु बारे जानकारी दिन गईरहेको छु

सर्वप्रथम डाटा recovery गर्दा रामो result को लागि ध्यान दिनुपर्ने कुराहरु :
१) आफुलाई चाहिने डाटा accidental डिलिट भईसके पछि सके सम्म उक्त HardDrive नचलाऊने किन भने उक्त HardDrive को windows मा Disk र registry activity background मा save भईराखेको हुन्छ ।
२) सकेसम्म Data Recovery software त्यही HardDrive मा install नगर्ने ।
३) Recovered भएका फाइलहरु recover गरिएको HardDrive मा save नगर्ने

1) PC INSPECTOR File Recovery


PC INSPECTOR File Recovery is a data recovery program that supports the FAT 12/16/32 and NTFS file systems. Finds partitions automatically, even if the boot sector or FAT has been erased or damaged. Recovers files with the original time and date stamp. Supports the saving of recovered files on network drives. Recovers files, even when a header entry is no longer available. Setup file is 5.83 MB in size.
[ Download PC INSPECTOR File Recovery ]

2) Recuva


From the maker of the popular CCleaner. Recuva (pronounced “recover”) is a freeware Windows utility to restore files that have been accidentally deleted from your computer. This includes files emptied from the Recycle bin as well as images and other files that have been deleted by user error from digital camera memory cards or MP3 players. It will even bring back files that have been deleted by bugs, crashes and viruses! Setup is only 646 KB in size and it’s portable.
[ Download Recuva ]

3) Panda Recovery


Pandora Recovery actually recovers files permanently removed from Recycle Bin, files originally deleted using Shift + Delete keys bypassing Recycle Bin and files deleted from DOS prompt. Pandora Recovery allows you to find and recover recoverable deleted files from NTFS-formatted volumes, regardless of their type – you can recover pictures, songs, movies or documents. Setup file is 2.12 MB in size.
[ Download Panda Recovery ]

4) TOKIWA DataRecovery


DataRecovery is freeware and written by TOKIWA to undelete accidentally deleted files even from recycle bin. It supports FAT12, FAT16, FAT32 and NTFS undeletion. Even in both NTFS compressed files and EFS encrypted files. Zip file is only 198 KB in size, no installation required and it’s portable.
[ Download TOKIWA DataRecovery ]

5) SoftPerfect File Recovery


SoftPerfect File Recovery is a free and useful tool to restore accidentally deleted files from hard and floppy disks, USB flash drives, CF and SD cards and other storage media. It supports the popular file systems such as FAT12, FAT16, FAT32, NTFS and NTFS5 with compression and encryption. If your important files disappeared and you can’t find them in the recycle bin, try this software product and get the files back to life. Easy to use, no installation is required. Program is only 247 KB in size.
[ Download SoftPerfect File Recovery ]

latest Music Videos


More Music Videos
latest articles