Friday, 22 July 2011

Jordan vs Nepal Live....

Watch Jordan vs Nepal Live Stream World Cup Qualifying AFC on Saturday July 23 2011 kick-off time 17:00 GMT at Amman Stadium. If you have no money to buy ticket and dont have a chance to go or visit the stadium to Watch Jordan vs Nepal Live World Cup Qualifying AFC you can watch the game live here. We will post the Jordan vs Nepal live video streaming links when it is available online. You can also check justin tv, Ustream, Adthe, Rajangan, Fredocast, MyP2p, Sopcast they are also provide live coverage of this game.


Click Here To Watch Jordan vs Nepal Live Stream

Friday, 15 July 2011

Nepal Vs Jordan : World Cup qualifiers




After their success against Timor Leste in first round of 2014 World Cup Asian Qualifiers with emphatic 7-1 aggregate victory, Nepal is all set to play against Jordan in the second round on July 23 and 28. Jordan, ranked 83rd in the FIFA ranking currently, are two times (2004 and 2011) quarter finalists in AFC Asian Cup.

Comparing the historical background of both the teams, Jordan seems much stronger than Nepal. But Nepali Coach Graham Roberts, former English International, believes that Nepal can beat Jordan. When asked if Nepal can beat Jordan, Roberts said, "Why not! We can beat them. We are confident and will do everything possible in the second round qualifiers"
Jordan and Nepal are playing against each other for the first time. Jordan might be a tough call for Nepal but one thing common in both teams is they have lost only one match played in last seven matches.

Here's some comparisons of two teams :

FIFA ranking
Nepal 148 Vs Jordan 83

Highest Ranking
Nepal 124 (Dec 1993) Vs Jordan 37 (July 2004)

Lowest ranking
Nepal 188 (Feb 2008) Vs Jordan 152 (July 1998)

Football governing body
All Nepal Football Association (ANFA)
Jordan Football Association (JFA)

World Cup Appearances
Nepal: never qualified
Jordan: never qualified

Asia Cup Appearances
Nepal: never qualified
Jordan: Quarterfinalists in 2004 and 2011

Nepal: Last seven matches
W W D L W W W
Opponents:
East Timor (twice), Sri Lanka, Korea DPR, Afghanistan, Bhutan (twice)


Jordan Last seven matches
D D L W W D D
Opponents:
Korea DPR, Kuwait, Uzbekistan, Syria, Saudi Arabia, Japan, Uzbekistan


Coach
Nepal: Graham Roberts, Former England International
Jordan: Adnan Hamad, Former Iraq International

Biggest Win
Nepal Vs Bhutan 7-0 (1999)
Jordan Vs Macau 13-0 (2006)

Biggest defeat
Nepal Vs South Korea 0-16 (2003)
Jordan Vs China 0-6 (1984)


National Stadium
Dasharath Rangashala, Capacity : 25,000
Amman International Stadium , Capacity : 25,000

Kit Provider
Nepal: Adidas
Jordan: Adidas

Jersey:
Home
Nepal: Red
Jordan: White
Away
Nepal: Blue
Jordan: Red

Saturday, 25 June 2011

डिलिट वा फरम्याट भई सकेको फाइल फेरी प्राप्त (Recover) गर्ने तरिका

डिलिट वा फरम्याट भई सकेको फाइल फेरी प्राप्त (Recover) गर्ने तरिका
तपाईंलाई अबस्य पनि कहिले न कहिले यस्तो समस्या परेको नै होला कि आफ्नो महत्वपूर्ण फाइल वा फोल्डर गल्तीले डिलिट भएको ? अथवा कुनै समस्याको कारण आफ्नो कम्प्युटर फरम्याट गर्नु परेको । कुनै न कुनै कारण यस्तै कुनै महत्वपूर्ण फाइल वा फोल्डर गुमाउनु परेको । त्यो डिलिट भई सकेको फाइल फेरी पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Data Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । यस्तै सफ्टवयर बारे पहिले पनि जानकारी दिई सकेको थिए (यहा क्लिक गरेर हेर्न सक्नु हुन्छ)
यस्तै ठुलो समस्या समाधानको लागि यहाँ यस्तै एउटा software बारे जानकारी दिन गईरहेको छु , मात्र 2MB साइजको यो पोर्टेबल software बाट तपाईंले आफ्नो Disk Drive मात्र हैन आफ्नो USB PenDrive वा Memory Card बाट समेट Delete भई सकेको Data पुन प्राप्त गर्नु सक्नु हुनेछ ।
यो software Portable मा उपलब्ध छ यसको मतलब तपाईंले यसलाई कम्प्युटरमा install गरी राख्नु पर्ने जरुरत पर्ने छैन ।

बस यो software लाई download गर्नुहोस् unzip गर्नुहोस् र "PowerDataRecovery.exe" फाइल खोल्नुहोस् ।


भर्खरै Delete भएको फाइल पाउन चाहनु हुन्छ भने सुरुको "undelete Recovery" option लाई छान्नुहोस् (click गर्नुहोस् )
त्यहा तपाईंले home tab मा ४ वोटा option पाउनु हुनेछ ।


file कुन patrition मा थियो क्लिक गर्नुहोस् र "Recover" box मा क्लिक गर्नुहोस् ।


बाँया तिर फाइल वा फोल्डरहरुको list देखिनेछ त्यहा कुन फाइल हो छान्नुहोस् र बिचमा कुन फाइललाई recover गर्नु पर्ने हो tick मार्क लगाउनुहोस् र दाँया तिर भएको Save Files बक्समा क्लिक गर्नुहोस् ।


त्यस्तै format भईसकेको Disk बाट Data फर्काउनु छ भने Advanced Recovery tab मा क्लिक गर्नुहोस् र same procress गर्नुहोस् ।

सबै प्रकृयाको लागि Disk को size अनुसार केही टाईम लाग्न सक्छ ।

यो software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् (http://www.box.net/shared/stp63gn3sbsp0jc49lnn)

नोट : यो सफ्टवयर जती उपयोगी छ त्यती खतरनाक पनि किनभने तपाईंले कुनै त्यस्तै फाइल जानी जानी अरुले नहिरोस वा नदेखोस् भनेर डिलिट गर्नु भएको छ भने पनि कसैले यही software को प्रयोग गरेर तपाईंले डिलिट गर्नु भएको फाइल प्राप्त गर्न सक्छ ।

Enjoy !!!

Saturday, 18 December 2010

तारा एअरको दुर्घटना

लामिडाँडाबाट काठमाडौँ आउँदै गर्दा बेपत्ता भएको तारा एअरको विमान आज बिहान बल्ल ओखलढुंगाको सिरीच‍ौर ९ मानेडाँडामा यस्तो अवस्थामा भेटियो।

विमानमा रहेका सबै २२ जनैको मृत्यु भयो। सबैको लाश काठमाडौँ ल्याइसकिएको छ।

यो घटना जति दुःखद छ, ट्राभल एजेन्सीले गरेको फट्याँइ सुन्दा झन् दुःख लाग्ने छ। यो घटनामा मारिने सबै यात्रु भुटानका नागरिक रहेछन्। ट्राभल एजेन्सीले फट्याँइ गरेर नेपाली नाममा उडाएका रहेछन्। विदेशी भयो भने डलरमा भुक्तान गर्नुपर्ने भएकोले त्यसो गरेका रहेछन्।

अब हेर्नु त बिचराहरुले बीमा रकम पनि पाउने नपाउने अन्यौल छ।
विमान हेर्दा यति एअरको जस्तो रङ्ग देखिन्छ, हैन ? अनि दुर्घटना हुँदा यति एअरको विमान भनेर पनि सुरुमा समाचार आएको थियो। यसको रहस्य थाहा छ तपाईँलाई ?

कुरा के भने नि विमान दुर्घटना भयो भने यात्रुहरु त्यो एअरलाइन्सको विमान चढ्न मान्दैनन्/डराउँछन्। अस्ति भर्खर अग्नि एअरको विमान दुर्घटना हुँदा एउटा टिकट किन्दा एउटा सित्तैमा दिन्छु भन्दा पनि दशैँतिर त्यसका टिकट बेच्न ट्राभल एजेन्सीहरुलाई गाह्रो परेको थियो। त्यही भएर यति एअर र बुद्ध एअरले नयाँ जुक्ति निकालेका छन्। कमाउ र चल्तीका रुटमा उडाउँदा उडाउँदा थोत्रो भइसकेका विमानहरु अर्को एअरलाइन्सका नाममा पहाडतिर उडाउँछन्। तारा एअर भनेको यति एअरलाइन्सका थोत्रा विमान चढाउने एअरलाइन्स हो भने गुण एअरलाइन्स चाहिँ बुद्ध एअरको। दुवै एअरलाइन्सको म्यानेजमेन्ट माउ एअरलाइन्सले हेर्छ।
विमान हेर्दा यति एअरको जस्तो रङ्ग देखिन्छ, हैन ? अनि दुर्घटना हुँदा यति एअरको विमान भनेर पनि सुरुमा समाचार आएको थियो। यसको रहस्य थाहा छ तपाईँलाई ?

कुरा के भने नि विमान दुर्घटना भयो भने यात्रुहरु त्यो एअरलाइन्सको विमान चढ्न मान्दैनन्/डराउँछन्। अस्ति भर्खर अग्नि एअरको विमान दुर्घटना हुँदा एउटा टिकट किन्दा एउटा सित्तैमा दिन्छु भन्दा पनि दशैँतिर त्यसका टिकट बेच्न ट्राभल एजेन्सीहरुलाई गाह्रो परेको थियो। त्यही भएर यति एअर र बुद्ध एअरले नयाँ जुक्ति निकालेका छन्। कमाउ र चल्तीका रुटमा उडाउँदा उडाउँदा थोत्रो भइसकेका विमानहरु अर्को एअरलाइन्सका नाममा पहाडतिर उडाउँछन्। तारा एअर भनेको यति एअरलाइन्सका थोत्रा विमान चढाउने एअरलाइन्स हो भने गुण एअरलाइन्स चाहिँ बुद्ध एअरको। दुवै एअरलाइन्सको म्यानेजमेन्ट माउ एअरलाइन्सले हेर्छ।

पारस रिहा रुबेल थर्कमान

पारसविरुद्ध हातहतियार तथा खरखजाना र ज्यान मार्ने प्रयासको प्रमाण भेटिएन। त्यसैले उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दाका लागि अभियोग पत्र २४२ नम्बरमा दायर भयो। अब उनी धरौटीमा पनि हैन सामान्य तारेखमा नै रिहा हुन सक्नेछन्। आजै पारस काठमाडौँ फर्कँदै छन्। यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले वारेसनामा दिएर काठमाडौं जाने पारस शाहको योजनालाई स्थगन गरेको बुझिएको छ। स्थानीय प्रशासनसँग सल्लाह गरी पारसका वकिलले कागज तयारी गरिसकेका थिए। तर ज्ञानेन्द्रले हिजै काठमाडौँ फर्कदा भागेको भन्ने आरोप लाग्ने हुँदा त्यसो नगर्न सुझाएपछि पारसको योजना स्थगन भएको हो। पारसका कानुनव्यवसायी शिव पाण्डेका अनुसार पूर्वराजा ज्ञानेन्द्रले मुद्दा टुङ्गाएर मात्र काठमाडौँ फर्कन पारसलाई भनेका रहेछन्। ज्ञानेन्द्रले यो राजनीतिक मुद्दा भएकाले जे हुन्छ नेपाली जनतालाई भनेर मात्र उनी (पारस) काठमाडौं फर्कने बताएका थिए पाण्डेका अनुसार पूर्वराजा ज्ञानेन्द्र उपचार वा अन्य बहानामा काठमाडौं फर्कने कुरामा सहमत थिएनन्। मुद्दा किनाराका लागि एक पटक फेरि चितवन आउनुपर्ने भएकाले पनि ज्ञानेन्द्रले मुद्दाको किनारा लगाउन जोड दिएका रहेछन्।

****************
चितवनको टाइगर टप्समा शनिबार राति के भयो, त्यो कि पारसलाई थाहा छ कि रुबेललाई। गोली भने चलेकै हो र पारसले नै त्यसलाई चलाएको हो भनेर स्वयं पारसले स्वीकार गरिसकेका थिए। परिस्थिति कस्तो थियो गोली चल्दा त्यो छानबिनको विषय बनेको छ। घटना विवरण पछि बुझ्दै जाँदा मिडियामा आएको जस्तो नभएको प्रष्ट भएको छ। दुई जँड्याहाको बीचमा खै कुन्नि के विषयमा विवाद हुँदा रुबेलले सासुको पावर लगाएर पारसलाई सबक सिकाउन खोजेको चाहिँ अहिलेसम्मको घटना विवरणले बुझिएको छ। रुबेलले पावरको मिसयुज गरेर फ्याँकेको तीर अब बुमर्‍याङ भएर अर्थात् घुमेर रुबेलतिरै फर्कने निश्चित भइसकेको छ। अब घटनाले लहरो तान्दा पहरो गर्जँदै गएपछि पारस र रुबेल दुवैले बयान फेरेर जनतालाई उल्लु बनाएका छन्। पारस आज धरौटीमा रिहा हुने भएका छन्। उनले प्रहरीसँगको बयानमा आफूसँग हतियार नि नभएको र गोली पनि नचलाएको बताएका छन् र घटनास्थलमा गोलीको खोका पनि छानबिन टोलीले भेट्टाउन सकेको छैन। रुबेलले पनि पारससित हतियार नदेखेको बयान दिएका छन्।

अनि हतियार पनि छैन, देख्या पनि छैन, पड्काएको पनि छैन भने यत्रो गर्न हल्ला गर्‍या त तिमेरुले, यत्रो गर्न मिडियाबाजी गर्‍या त? तर जे होस्, तीन दिन पारस प्रहरी हिरासतमा रहने राजपरिवारका पहिलो सदस्य बने, त्यसैलाई गणतन्त्र आएको महसूस गराएको मानौँ। तर अब नवयुवराज बन्न खोज्ने रुबेल पनि बच्न सक्ने स्थितिमा छैनन्। उनका अवैध धन्दा र कारोबार बारे नेपाली मिडियाले खेदेको खेद्‍यै छन्। अबका केही दिनमा कि रुबेल विदेश भाग्यो भन्ने समाचार सुन्नु पर्छ, कि त प्रहरीले गिरफ्तार गर्‍यो भन्ने सुन्न पाइन्छ- एक साथी अघि यसरी नै ठोकुवा गर्दै थिए।
पासपोर्ट नं. ए ०१६०२४४ वाहक बंगलादेशी नागरिक रुबेल चौधरी जुन ७, २०१० बाट रिलेसन भिसामा नेपाल बस्दै आएका छन्। र, यो चौधरीको नेपाल बसाई पहिलो होइन। यस अघि पनि धेरै पटक रुबेल चौधरी नेपाल आएका छन् र लामो समय बसेर फर्किने गरेका छन्। परराष्ट्रमन्त्री एवम् उपप्रधानमन्त्री सुजाता कोइरालाको ज्वाईं भए यता रुबेलको सक्रियता बढेको घटनाक्रमले स्पष्ट पार्छन्।

बंगलादेशको ढाका स्थायी बसोबास भए पनि रुबेल चौधरी फिलिपिन्स र मलेसियामा बस्ने गरेका थिए। विशेष गरी अवैध भीओआईपी कल बाइपास मुख्य व्यवसाय भएका रुबेलको सञ्जाल कोइराला परिवारको ज्वाईँ भएयता बढेको हो। नेपाल अघि चौधरी, फिलिपिन्स, मलेसिया र बंगलादेशबाट भीओआईपी कल बाइपासको व्यवसाय गर्दै आएका थिए।

Monday, 22 November 2010

सीएनएन हिरो अनुराधा

सीएनएन हिरो अनुराधा

किशोर सापकोटा, (काठमाडौं), विश्वनायक खोज्ने सीएनएनको चौथो शृंखलामा १२ हजारभन्दा बढी युवतीलाई यौनदासताबाट मुक्त गर्ने र महिला तथा बालबालिकाको तस्करीलाई रोक्न अभियान चलाउने माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला विजयी भएकी छिन्।

उनलाई शनिबार राति अमेरिकाको लसएन्जल्समा सीएनएन हिरो २०१० घोषणा गरिएको थियो। सीएनएनका एन्डरसन कपरले अनुराधालाई सीएनएन हिरो घोषित गर्नासाथ अनुराधा खुसीले दुवै हात आकाशतर्फ हुत्याएर चिच्याएकी थिइन्। विश्वनायक हुनका लागि प्रतिस्पर्धामा रहेका दशै जनासँग सीएनएन हिरोज र त्यसको मुनि आफ्नो नाम लेखिएको कार्ड थियो। त्यसलाई उचाल्ने सौभाग्य भने अनुराधाले पाएकी थिइन्। कार्ड उचाल्दा शुरुमा खुसी देखिएको अनुहारमा विस्तारै दुःखका रेखाहरु देखिएका थिए। सिउँदोमा सिन्दूर र निधारमा रातो टीका लगाएकी अनुराधाको निधार पूरै खुम्चिएको थियो।

सीएनएन नायक पदवी प्राप्त गरेपछि विस्तारै उनी शान्त बनिन्। सीएनएन हिरोका रुपमा सम्बोधन गर्न ड्यासमा उभिँदा उनका आँखामा आँसु देखिएको थियो। सम्बोधनका क्रममा दर्शकसामु उनी रोइन्। सीएनएन हिरोज अनुराधा कोइराला लेखिएको कार्डलाई छेउमा राख्दै उनले दश औँला जोडेर सबैलाई नमस्कार गरिन्। एउटा हातमा घडी अर्को हातमा केही चुरा र औँलामा औँठी लगाएकी अनुराधाले नेपाली पोसाक साडीचोलो पहिरिएकी थिइन् जुन उनको नेपालमा रहँदाको पनि पोसाक हो।

तपाईंहरुको यो सहयोगबाट मेरो कामका लागि अर्को दायित्व थपिएको छ सीएनएन हिरो घोषित भएपछि कार्यक्रमपरिसरमा उपस्थित ५ हजारजति मानिस र टेलिभिजनमार्फत प्रत्यक्ष हेरिरहेका दर्शकलाई सम्बोधन गर्दै अनुराधाले आँसु पुछिन् र भनिन्- हामीले यो जघन्य अपराधलाई अन्त्य गर्नैपर्छ। यो अपराधलाई अन्त्य गर्नका लागि मसँग हात मिलाउनुहोस् कृपया युवाहरुलाई सम्मान गर्नुहोस् अर्को पुस्ता तिनीहरुले नै निर्माण गर्दै छन्।

विश्वभरका १ सय मुलुकबाट १० हजारभन्दा बढी प्रतिस्पर्धीबाट अनुराधा विजेता बनेकी हुन्। अनलाइन भोटिङ मंसिर २ मा बन्द गरिएपछि शनिबार राति सबैभन्दा बढी मत प्राप्त गर्ने उनलाई सीएनएन हिरो घोषणा गरिएको थियो। उनले २० हजार मत प्राप्त गरेकी थिइन्।

विश्व नायक घोषित अनुराधाले माइती नेपालका लागि १ लाख अमेरिकी डलर प्राप्त गरेकी छिन् भने उत्कृष्ट दस जनाले प्राप्त गर्ने २५ हजार डलर पनि उनले प्राप्त गरेकी छिन्। शिक्षिकाको रुपमा आफ्नो करियर शुरु गरेकी अनुराधाले सन् १९९३ मा माइती नेपालको स्थापना गरेकी थिइन् र १७ वर्षको कामबाट नै विश्वविख्यात पुरस्कार प्राप्त गर्न सफल भएकी हुन्। आफ्नै डेराको घरबाट यौन दासताबाट मुक्त गरेका चेलीहरुलाई संरक्षण प्रदान गरेर शुरु भएको उनको अभियानमा बेलायती युवराज चाल्स्रले सहयोग गरेपछि लगातार सफलता मिल्दै आएको थियो र अभियान छोटो समयमा नै विश्वव्यापी बनेको छ।

सीएनएनको वेबसाइटमा ८ हप्तासम्म उत्कृष्ट दसबीचमा गराइएको मतदानमा अनुराधा अग्रपंक्तिमा परेकी हुन्। उनलाई विजयी बनाउन नेपाली साचारमाध्यम र फेसबुक युजरहरुले अभियानसमेत चलाएका थिए।

मानव बेचबिखन एउटा अपराध हो दुर्गन्धित अपराध हो र मानवताका लागि एउटा लज्जा हो विश्व नायक घोषित हुनुअगाडिको कार्यक्रमलाई सम्बोधन गर्दै अनुराधाले भनेकी थिइन -म सबैलाई मानव बेचबिखनविहीन समाज निर्माणका लागि मसँग हातेमालो गर्न आ³वान गर्छु हामी सबैका छोरीका लागि यो गर्नै पर्छ।

उनलाई सीएनएन् हिरो घोषणा गर्नु अगाडि उनी हरेक पटकको फोटो सेसनमा एउटा छेउमा उभिँदै आएकी थिइन् र बिजेता भएपछि सबैको आकर्षणको केन्द्र बनेकी थिइन्। अनुराधाको माइती नेपालले पीडितहरुलाई एउटा अस्थायी आवास मात्रै नभएर एउटा घर नै सिर्जना गरिदिएको सीएनएनले उल्लेख गरेको छ। जहाँ उनीहरु पीडा भुलेर विस्तारै स्वस्थ हुन्थे विद्यालय जान्थे केही सीप सिक्थे र एचआईभी/एड्सबाट संक्रमितहरु मायाको बीचमा आफ्ना दिनहरु बिताउँथे -सीएनएनले भनेको छ।

अध्यादेशमार्फत झण्डै साढे तीन खर्बको बजेट प्रस्तुत

चार महिना ढिला भएपनि बजेट अध्यादेशको रुपमा प्रस्तुत गरिएको छ

राष्ट्रपतिद्वारा जारी गरिएका चारवटा भिन्ना भिन्नै अध्यादेशहरुमार्फत ल्याइएको बजेटको मुख्य विशेषताहरु अर्थमन्त्री सुरेन्द्र पाण्डेले शनिबार सार्वजनिक गरेका छन्।

पेश गर्ने प्रक्रियाबारे सरकार र प्रतिपक्षी माओवादीबीच कुरा नमिलेपछि शुक्रबार राती संसदभित्र बजेट भाषण गर्न पुगेका अर्थमन्त्रीमाथि माओवादी सभासदहरुले हातपात गरेका थिए।

लगत्तै आधा रातमा सरकारले संसदको अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याउने निर्णय गरेको थियो।

राजनीतिक टकरावको छायाँ
सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाहलमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले भाषण गरिरहँदा बजेट साविकभन्दा १२८ दिन ढिला भइसकेको थियो।

तर त्यहाँको माहौल उक्त ढिलाईले अर्थतन्त्रलाई पारेको असरलेभन्दा बजेट ल्याउन खोज्दा संसदमा भएको बबालले गह्रुंगो बनेको सहजै अनुभव गर्न सकिन्थ्यो।

सो अनुभव अर्थमन्त्रीले शुरुमै बाँडेका थिए।

बजेट तथ्यांक
कूल बजेट रकम – रु ३३७.९० अर्ब
पूँजीगत ( विकास ) खर्च – रु १२९.५३ अर्ब
चालु ( नियमित ) खर्च – रु १९०.३१ अर्ब
राजस्व अनुमान – रु २१६.६४ अर्ब
विदेशी अनुदान – रु ६५ अर्ब
बजेट घाटा – रु ५५ अर्ब
विदेशी ऋण – रु २२ अर्ब
आन्तरीक ऋण – रु ३३ अर्ब
आर्थिक वृद्धि अनुमान - ४.५ प्रतिशत
कृषि अनुदान - रु २.७५ अर्ब
शिक्षामा सबैभन्दा बढि विनियोजन - रु ५७.६५ अर्ब
निकासीकर्ताहरुलाई प्रोत्साहन गर्न कर छुट तथा नगद पुरस्कार
मासु आयात प्रतिस्थापनलाई पशुपालनमा जोड
“यतिखेर मेरो मानसपटलमा हिजोका दृश्यहरु घुमिरहेका छन्। जसै मैले बजेट प्रस्तुत गर्न अघि बढेको थिएं, म माथि हातपात भयो र बजेट भाषण रहेको ब्रिफकेश तोडफोड गरियो। यस्तो अनपेक्षित व्यवहारबाट म स्तब्ध भएं,” उनले भने।

गए रातीको हातपातमा विग्रिएको बजेटको ब्रिफकेशलाई संग्रहालयमा राखिने घोषणा गर्दै उनले नयाँ ब्रिफकेशमा ल्याइएको बजेट नौलो तरीकाले पेश गरे।

बजेटका आँकडा
चार महिना लामो अन्योललाई चिर्दै अर्थ मन्त्री पाण्डेले पोहोरभन्दा ५३ अर्ब रुपियाँ बढि अर्थात करीब एक तिहाई ठूलो आकारको वार्षिक आम्दानी खर्च विवरण पेश गरे।

“बजेट कार्यक्रमहरु कार्यान्वयन गर्न कूल ३३७.९० अर्ब रुपियाँको बजेट प्रस्ताव गरेको छु। जसमध्ये १९०.३१ अर्ब चालु, १२९.५३ अर्ब पूँजीगत र १८.०४ अर्ब साँवा व्याज भुक्तानीको लागि छुट्ट्याइएको छ।”

बजेटलाई चाहिने रकममध्ये राजस्वबाट २१६ अर्ब र बाँकि वैदेशिक ऋण, अनुदान र आन्तरीक ऋणबाट जुटाउने योजना मन्त्री पाण्डेले सुनाए।

गएको केही महिना यता सरकारले उठाउने राजस्व आम्दानीको वृद्धि दर निकै घटेपनि अर्थमन्त्री पाण्डेले प्रस्तुत गरेको बजेटले राजस्व पोहोरकै तुलनामा बढ्ने आशा गरेको छ।

गएको वर्षभरि नेपालले विदेशी मुद्रामा गरेको आम्दानीभन्दा खर्च निकै बढि भएर चर्को भुक्तानी सन्तुलन घाटाको समस्यो बेहोर्‍यो।

केही महिनासम्म सो घाटा २० अर्ब रुपियाँ नाघ्यो।

उक्त समस्यासंग जुध्न बजेटले निकासीकर्ताहरुलाई कर छूट देखि लिएर नगद पुरस्कार सम्मको व्यवस्था गरेको छ।

कठिन यात्रा
तर नयाँ विकासका कार्यक्रम कुनै नल्याइएको अर्थमन्त्रीले बताए।

माओवादीका नेता समेत सम्मिलित कार्यदलले स्वीकृति दिएको परिधिलाई आफुले ननाघेको उनको भनाई थियो।

“प्रस्तुत अध्यादेश बजेटपूर्वका सहमतिकै धरातलमा रहेका छन्। तिनलाई मैले रत्तिभर परिवर्तन गरेको छैन।”

चार महिनासम्म अड्किएको बजेटलाई राजनीतिक सहमतिबाट ल्याउने प्रयास तुहिएपछि, ल्याइएको अध्यादेशलाई संसदले ६ महिनाभित्र अनुमोदन गरिसक्नुपर्छ।

तर सरकार र प्रतिपक्षीबीच विग्रिएको सम्बन्धको छायाँमा त्यसो गर्नु सजिलो भने पक्कै हुनेछैन।

त्यसमाथि यत्रोविघ्न बखेडापछि ल्याइएको बजेटको कार्यान्वयन र प्रभावकारिताप्रति उठेका आशंका हटाउन पनि उत्तिकै गाह्रो हुने देखिन्छ।

latest Music Videos


More Music Videos
latest articles