Wednesday 15 August 2012

Windows 7 मा Hard Drive लाई फरम्याट नगरि Partition गर्ने

टेक्निकल दुनियाँमा नयाँ नयाँ अपरेटिङग सिस्टमको आगमन सँगै पुरानाको तुलनामा अझ धेरै सुबिधाहरु थपिएर आएका छन । हालै चलन चल्तीमा रहेको अपरेटिङग सिस्टम Windows 7 तथा Vista मा Disk Partition सजिलै गर्न सकिन्छ । पुराना अपरेटिङग सिस्टममा एक चोटि Partition गरिसकेको Hard Drive लाई फेरी partition गर्नु परेमा Format नै गर्नु पर्ने समस्या हालका अपरेटिङग सिस्टममा छैन । यहाँ चर्चा गर्न लागिएको सिस्टम windows 7 मा तपाईंले सजिलै कम्प्युटर फरम्याट नगरीकनै आफ्नो hard drive लाई Partition गर्न सक्नु हुनेछ । Disk management मा उपलब्ध Shrinking र expanding utility प्रोग्रामको सहायताले तपाईंले Partition मात्र हैन drive डिलिट तथा re-size पनि गर्न सक्नु हुनेछ ।
अब यहाँ Hard Drive लाई कसरी partition गर्ने भन्ने बारे Step by Step चर्चा गरौ :

१) सर्वप्रथम "start" बटनमा क्लिक गरौ, त्यहा देखिएको "Computer" मा राईट क्लिक गरौ र "manage" option मा जाऔ ।

२) "Computer Management" नामको नयाँ window खुल्नेछ, त्यहा "Storage" मा क्लिक गरौ र "Disk Management" मा जाऔ ।

३) "Disk Management" मा गईसकेपछि तपाईंले आफ्नो कम्प्युटरमा भएको Drive हरु देख् न सक्नुहुनेछ ।

४) अब तपाईंले कुन drive लाई partition गर्न खोज्नु भएको हो त्यो "Drive" लाई राईट क्लिक गर्नुहोस् र "Shrink Volume" option लाई छान्नुहोस् ।

५) नयाँ window खुल्नेछ जसमा उक्त Drive को Size, Partition को लागि उपलब्ध space र नयाँ partition मा कति amount को space भएको Drive बनाउने भन्ने option हुनेछ । त्यहा तपाईंले नयाँ Partition गर्दा बन्ने drive कती space को बनाउने हो त्यो Value भर्नु पर्नेछ । याद राख्नुहोस् त्यहा Size of available shrink space मा देखिएको भन्दा बढी Space Value त्यहा राख्न पाउनु हुन्न ।


६) Value राखीसकेपछि Shrink बटन क्लिक गर्नुहोस् र procress सकिन केही समय पर्खिनुहोस् । operation सकिएपछि त्यहा तपाईंले unallocates space र तपाईंले अघि राख्न नु भएको exactly value भएको खाली drive देख् नु हुनेछ । अब त्यो unallocated space लेखिएको drive लाई सेलेक्ट गर्नुहोस् र राईट क्लिक गरेर "New Sample Volume" option मा जानुहोस् ।

७) त्यहा नयाँ बन्ने Volume को लेटर कुन राख् ने छान्नुहोस् र next बटन क्लिक गर्नुहोस् ।
८) अब Format पेज देखिनेछ यहाँ निर ध्यान दिनुहोस् कि File System NTFS सेलेक्ट गर्नुहोस् र Volume Label मा उक्त volume को नाम कुन राख् ने हो लेख्नुहोस् ।


९) Next बटन क्लिक गर्नुहोस् र अन्तिममा Finish गर्नुहोस् ।

Monday 28 May 2012

संविधानसभाको ४ वर्ष


काठमाडौ, जेष्ठ १५ - निकै उत्साहित माहोलमा 'नयाँ नेपाल निर्माण' महान् उद्देश्यसहित संविधानसभा चुनाव २०६४ चैत २८ मा भएको थियो । जतिबेला आम अपेक्षा थियो, अब मुलुकले राजनीतिक स्थिरता पाउनेछ । चार वर्षको अन्त्यमा राजनीतिक दलहरूले नयाँ संविधान होइन, जनतालाई 'चरम संक्रमणकाल' कोसेली दिएका छन् ।
जनताद्वारा कोरिएको संविधान हेर्ने जनताको अपेक्षा कुठाराघात भएको छ । आवश्यकताभन्दा अत्यधिक बढी जम्बो संविधानसभा बन्यो । संविधानसभाको चुनावबाट प्रत्यक्ष र समानुपातिक गरी ६०१ सभासद चुनिए । संविधान घोषणा गर्ने मितिसम्म अनेक प्रकरणका कारण ५९५ मात्रै सभासद थिए ।
२०६५ जेठ १४ मा सभासदलाई पद तथा गोपनीयताको शपथ ग्रहण भयो भने पहिलो बैठक १५ गते संविधानसभा भवन बानेश्वरमा बस्यो । सोही बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो । लोकतान्त्रिक गणतन्त्रको पक्षमा ५ सय ६० र विपक्षमा ४ मत पर्‍यो ।
मुलुक गणतन्त्र घोषणा भएपछि २९ जेठमा पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेर नागार्जुन जंगलमा रहेको दरबार गए । १२ असारमा कामचलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिए ।
२०६५ साउन ६ मा रामवरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित भए भने ४ साउनमा परमानन्द झा उपराष्ट्रपतिमा निर्वाचित भए । ९ साउनमा एमाले सभासद सुवासचन्द्र नेम्वाङ सभामुखमा निर्वाचित भए ।
संविधानसभा चुनावमा माओवादी ठूलो पार्टीका रूपमा स्थापित भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल २०६५ साल ३१ साउनमा गणतन्त्र नेपालको पहिलो र दोस्रो कम्युनिस्ट प्रधानमन्त्री बने । २७ कात्तिकमा समानुपातिकतर्फबाट सभासद बनेका मोहन वैद्य किरणले सभासदबाट राजीनामा दिए । १३ मंसिरमा माओवादी सभासद पूर्णकुमारी सुवेदी उपसभामुखमा निर्वाचित भइन् । २६ पुसमा दुईवटा क्षेत्र (रौतहट र काठमाडौं) बाट चुनाव हारेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल संविधानसभाका सदस्यमा मनोनयन गरियो । २८ चैतमा ६ क्षेत्र (कास्की, रोल्पा, कञ्चनपुर, धनुषा, सुनसरी) मा संविधानसभाको उपनिर्वाचन भयो ।
३ वैशाख २०६६ मा सरकारले गणेशमान गुरुङको संयोजकत्वमा राज्य पुनर्संरचना आयोग बनायो । ७ वैशाखमा प्रधानसेनापति रुक्मांगद कटवालसँग सरकारले स्पष्टीकरण माग्यो । प्रधानसेनापति कटवालले सरकारको निर्देशन उल्लंघन गरेको भन्दै सरकारले उनलाई बर्खास्त गरी कुलबहादुर खड्कालाई कामु प्रधानसेनापतिको पत्र दियो । कटवाललाई प्रधानसेनापतिबाट बर्खास्त गरेकोबारे सरकारले पठाएको पत्र राष्ट्रपति रामवरण यादवले अस्वीकार गरे । त्यही विवादले दाहालले २१ वैशाख २०६६ मा राजीनामा दिए । राजीनामाको भोलिपल्टैदेखि माओवादीले संसद् अवरोध गर्‍यो ।
सुरुमा संवैधानिक समितिका सभापति रहेका माधव नेपाल २०६६ जेठ ९ मा कांग्रेस र मधेसवादी दलसहित २२ दलको समर्थनमा प्रधानमन्त्री निर्वाचित भए । उपराष्ट्रपतिले हिन्दी भाषामा शपथ लिएकोबारे रिट परेपछि ७ भदौमा सर्वोच्च अदालतले झाको शपथ खारेज गर्‍यो । १२ भदौमा कांग्रेस सभासद नीलाम्बर आचार्य संवैधानिक समितिको सभापतिमा निर्वाचित भए । लोकतान्त्रिक आन्दोलनका कमान्डर कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भयो ।
६ वैशाख २०६७ मा सभामुख सुवास नेम्वाङले जेठ १४ को विकल्प खोज्न सुझाव दिए । तर दलहरू निष्कर्षमा पुग्न सकेनन् । १९ वैशाख २०६७ मा माओवादीले अनिश्चितकालीन आमहडतालसहित 'तेस्रो जनआन्दोलन' घोषणा गर्‍यो । १९ देखि २४ वैशाखसम्म माओवादी हडताल जारी रह्यो । यसबीचमा शान्ति प्रक्रिया र संविधान निर्माणमा कुनै प्रगति हुन नसकेपछि पहिलो पटक २०६७ जेठ १४ मा एक वर्ष संविधानसभाको म्याद थपियो । त्यसको भोलिपल्टै माओवादीले खुल्लामञ्चबाट 'संविधानको मस्यौदा' सार्वजनिक गर्‍यो ।
शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन नसकेको भन्दै नेपालले १६ असार २०६७ मा राजीनामा दिए । व्यवस्थापिका सं्द्मा ५ साउनदेखि प्रधानमन्त्रीको निर्वाचन सुरु भयो, १७ पटक चुनाव हुँदा पनि प्रधानमन्त्री चयन नभएपछि संविधान संशोधन गरी प्रधानमन्त्री चयन गरियो ।
नेपालको राजीनामाको सात महिनापछि २०६७ माघ २० मा एमाले अध्यक्ष झलनाथ खनाल माओवादीसहितको समर्थनमा प्रधानमन्त्री चयन भए । दोस्रो पटक २०६८ जेठ १४ मा तीन संविधानसभाको म्याद तीन महिना थप भयो । ३० साउन २०६७ मा खनालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिए ।
उनले राष्ट्रिय सहमतिका लागि भनिएपछि बहुमतीय प्रणालीबाट नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत दलका ३४० सभासदको समर्थनमा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई ११ भदौ २०६८ मा प्रधानमन्त्री निर्वाचित भए । कार्यकाल सकिनुअगावै तेस्रो पटक १२ भदौमा ३ महिना फेरि संविधानसभाको म्याद थप भयो । २ कात्तिकमा प्रधानमन्त्रीद्वारा मन्त्रीहरू शरतसिंह भण्डारी र प्रभु साहलाई बर्खास्त गरे । १५ कात्तिकमा दलहरूले शान्ति प्रक्रिया पूरा गर्न सात बुँदे सहमति गरे ।
६ मंसिरमा संघीयताबारे टुंगो लगाउन संयोजक बिनाको राज्य पुनसर्ंरचना सुझाव आयोग गठन भयो । १८ मंसिरमा मदन परियारलाई आयोगको संयोजक नियुक्त गरियो । शान्ति र संविधान पूरा नहुने भएपछि च्ाौथो पटक १३ मंसिरमा ६ महिना संविधानसभाको म्याद थपियो । पटकपटक म्याद थपिए पनि संविधान जारी नहुने देखिएपछि सर्वोच्च अदालतले थपिएको म्यादभित्र संविधान जारी नभए पनि संविधानसभा स्वतः खारेज हुने फैसला ९ मंसिरमा गर्‍यो ।
७ जेठमा संविधानसभाको म्याद तीन महिना थप गर्ने प्रक्रिया अघि बढाएपछि सर्वोच्च अदालतले ९ जेठमा म्याद थप गर्न नमिल्ने फैसला सुनायो । १७ माघमा राज्य पुनर्संरचना आयोगले फरक मतसहितका दुई प्रतिवेदन सरकारलाई बुझायो । प्रतिवेदनबारे संविधानसभा बैठकमा छलफल पनि भयो तर टुंगो
लाग्न सकेन । 
१० चैतमा प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको निर्देशन उल्लंघन गरेको भन्दै श्रममन्त्री सरिता गिरीलाई बर्खास्त गरे । २८ चैतमा लडाकु र शिविर नेपाली सेनाको जिम्मा लगाइयो । १२ वैशाखमा शासकीय स्वरूपमा दलहरूबीच सहमति भयो । केन्द्रीय संसद् ३८५ बनाउने सहमति भयो ।  
४ वर्ष, ४ सरकार
१. पुष्पकमल दाहाल
२. माधव नेपाल
३. झलनाथ खनाल
४. बाबुराम भट्टराई
चारै पल्ट म्याद थप
०६७ जेठ १४    :    १ वर्ष
०६८ जेठ १४    :    ३ महिना
०६८ भदौ १२    :    ३ महिना
०६८ मंसिर १३   :    ६ महिना
विवादमा परेका सभासदहरू
- बालकृष्ण ढुंगेल- हत्यारा पुष्टि
-  नारदमुनि राना- पासपोर्ट दुरुपयोग
-    गायत्री साह- पासपोर्ट दुरुपयोग
-    बीपी यादव- पासपोर्ट दुरुपयोग
-    श्यामसुन्दर गुप्ता- अपहरण मुद्दा -जेलमा)
-    जेपी गुप्ता- भ्रष्टाचारी ठहर -जेलमा)
-    किरणकुमारी यादव- एसएलसीमा नक्कली परीक्षार्थी प्रयोग
-    डोलबहादुर कार्की- घूस प्रकरण
-    प्रेमबहादुर पुलामी- एसएलसीमा नक्कली परीक्षार्थी प्रयोग
-    शिवपुजन राय- पासपोर्ट दुरुपयोग
-    विश्वेन्द्र पासवान- कुर्सी तोडफोड
-    सञ्जय साह- माइक तोडफोड
-    सूर्यमान दोङ- बजेट बि्रफकेस तोडफोड
-    राजकाजी महर्जन- बि्रफकेस तोडफोड
-    लोकेन्द्र बिष्ट- संविधानसभा भित्र हतियार बोकेर प्रवेश

Tuesday 10 January 2012

Top FREE Data Recovery Software

Top FREE Data Recovery Software

तपाईंलाई अबस्य पनि कहिले न कहिले यस्तो समस्या परेको नै होला कि आफ्नो महत्वपूर्ण फाइल वा फोल्डर गल्तीले डिलिट भएको ? अथवा कुनै समस्याको कारण आफ्नो कम्प्युटर फरम्याट गर्नु परेको । कुनै न कुनै कारण यस्तै कुनै महत्वपूर्ण फाइल वा फोल्डर गुमाउनु परेको । त्यो डिलिट भई सकेको फाइल फेरी पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Data Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । यस्तै सफ्टवयर बारे पहिले पनि जानकारी दिई सकेको थिए (यहा क्लिक गरेर हेर्न सक्नु हुन्छ)
यस्तै ठुलो समस्या समाधानको लागि यहाँ Top 10 Data Recovery software हरु बारे जानकारी दिन गईरहेको छु

सर्वप्रथम डाटा recovery गर्दा रामो result को लागि ध्यान दिनुपर्ने कुराहरु :
१) आफुलाई चाहिने डाटा accidental डिलिट भईसके पछि सके सम्म उक्त HardDrive नचलाऊने किन भने उक्त HardDrive को windows मा Disk र registry activity background मा save भईराखेको हुन्छ ।
२) सकेसम्म Data Recovery software त्यही HardDrive मा install नगर्ने ।
३) Recovered भएका फाइलहरु recover गरिएको HardDrive मा save नगर्ने

1) PC INSPECTOR File Recovery


PC INSPECTOR File Recovery is a data recovery program that supports the FAT 12/16/32 and NTFS file systems. Finds partitions automatically, even if the boot sector or FAT has been erased or damaged. Recovers files with the original time and date stamp. Supports the saving of recovered files on network drives. Recovers files, even when a header entry is no longer available. Setup file is 5.83 MB in size.
[ Download PC INSPECTOR File Recovery ]

2) Recuva


From the maker of the popular CCleaner. Recuva (pronounced “recover”) is a freeware Windows utility to restore files that have been accidentally deleted from your computer. This includes files emptied from the Recycle bin as well as images and other files that have been deleted by user error from digital camera memory cards or MP3 players. It will even bring back files that have been deleted by bugs, crashes and viruses! Setup is only 646 KB in size and it’s portable.
[ Download Recuva ]

3) Panda Recovery


Pandora Recovery actually recovers files permanently removed from Recycle Bin, files originally deleted using Shift + Delete keys bypassing Recycle Bin and files deleted from DOS prompt. Pandora Recovery allows you to find and recover recoverable deleted files from NTFS-formatted volumes, regardless of their type – you can recover pictures, songs, movies or documents. Setup file is 2.12 MB in size.
[ Download Panda Recovery ]

4) TOKIWA DataRecovery


DataRecovery is freeware and written by TOKIWA to undelete accidentally deleted files even from recycle bin. It supports FAT12, FAT16, FAT32 and NTFS undeletion. Even in both NTFS compressed files and EFS encrypted files. Zip file is only 198 KB in size, no installation required and it’s portable.
[ Download TOKIWA DataRecovery ]

5) SoftPerfect File Recovery


SoftPerfect File Recovery is a free and useful tool to restore accidentally deleted files from hard and floppy disks, USB flash drives, CF and SD cards and other storage media. It supports the popular file systems such as FAT12, FAT16, FAT32, NTFS and NTFS5 with compression and encryption. If your important files disappeared and you can’t find them in the recycle bin, try this software product and get the files back to life. Easy to use, no installation is required. Program is only 247 KB in size.
[ Download SoftPerfect File Recovery ]

Tuesday 1 November 2011

झन्डै पाँच वर्षदेखि चलेको शान्ति प्रक्रियाको मूलभूत विषय

काठमाडौ, कार्तिक १६ - झन्डै पाँच वर्षदेखि चलेको शान्ति प्रक्रियाको मूलभूत विषय माओवादी लडाकुको समायोजन र पुनःस्थापनालाई लिएर दलहरूबीच अन्ततः मंगलबार ठोस सहमति भएको छ । २०६२ सालमा १२ बुँदे समझदारी गरी अघि बढेको शान्ति प्रक्रिया २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामार्फत विधिवत रूपमा अघि बढेको थियो ।

एकजुट भई राजतन्त्रको समाप्ति गर्दै गणतन्त्र घोषणा गरेका दलहरू खासगरी संविधानसभा निर्वाचनपछि 'राष्ट्रिय सहमति' को बाटो छाडि बहुमतीय पद्धतिमा लागेपछि शान्ति प्रक्रिया अलपत्र परेको हो । त्यहीकारण छ महिनाभित्र सम्पन्न गर्ने भनिएको शान्ति प्रक्रियाको मूल विषय माओवादी लडाकुको समायोजन र पुनःस्थापनाको कार्य चार वर्षभन्दा बढी समय अवरुद्ध बन्न पुग्यो । यसको मूल कारण थियो, प्रमुख दुई दल माओवादी र कांग्रेस दुई दिशातिर र्फकनु ।

संविधानसभा निर्वाचनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएन भने त्यसपछि एमाले नेता माधवकुमार नेतृत्वको सरकारमा माओवादी प्रतिपक्षमा बस्नेमात्र होइन चर्को सडक संघर्षमै ओर्लियो । त्यसपछि एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएन । र, अहिलेको माओवादी उपाध्यक्ष बाबुराम भट्टराई सरकारमा त कांग्रेस, एमालेजस्ता संविधानसभाको दोस्रो र तेस्रो दल नै सहभागी छैनन् । तर केही समययता दलहरूबीच, खासगरी माओवादी र कांग्रेस सत्ता बाँडफाँड सम्बन्धमा सहमतिनजिक पुगेकाले शान्ति प्रक्रियामा पनि सकारात्मक पहल हुन थालेको हो ।

माओवादी र कांग्रेसबीच संविधान जारी नभएसम्म माओवादी नेतृत्वको सरकारमा कांग्रेस, एमाले सहभागी भई राष्ट्रिय सहमतिको स्वरूप दिने र त्यसपछिको चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने अनौपचारिक सहमति बनेको स्रोतले बतायो । त्यसपछि प्रधानमन्त्री भट्टराई भारत भ्रमणमा जानुअघि नै कात्तिक २ गते राति अबेरसम्म बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियाबारे ठोस् प्रस्ताव तयार गर्न माओवादीका वर्षमान पुन, कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेका भीम रावल सम्मिलित कार्यदल बनाएको थियो । कार्यदलको प्रस्तावमा छलफल गर्न कात्तिक ३ गते बिहान पुनः प्रमुख तीन दलका शीर्ष नेताबीच बैठक भए पनि समय अभावका कारण टुंगोमा पुग्न सकेन ।

प्रधानमन्त्री फर्किएलगत्तै पुनः वार्तामा लागेका दलहरूले अन्ततः मंगलबार राति शान्ति प्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार निर्माणबारे सहमति गरेका छन् । सहमति कार्यान्वयनमा अघि बढे मंसिरको दोस्रो सातासम्म संविधानको पहिलो मस्यौदा जारी हुनुका साथै राष्ट्रिय सहमतिको सरकार निर्माणको ढोका खुल्नेछ । सत्ता साझेदारीको विषयमा दलहरू मिलेपछि शान्ति प्रक्रियामात्र होइन, संविधान लेखनको विषयसमेत टुंगिने छ । नयाँ निर्वाचनमार्फत मुलुक नयाँ चरणमा प्रवेश गर्नेछ र झन्डै पाँच वर्ष लामो संक्रमणबाट मुलुकले मुक्ति पाउनेछ ।

२०६३ वैशाख ११: दोस्रो जनआन्दोलनमार्फत लोकतन्त्र स्थापना ।

२०६३ वैशाख १३: माओवादीद्वारा तीन महिनाको युद्धविराम घोषणा ।

२०६३ वैशाख २०: सरकारबाट पनि युद्धविराम घोषणा, माओवादीलाई वार्तामा आउन औपचारिक आह्वान ।

२०६३ जेठ १२: सरकार र माओवादीबीच वार्तापछि २५ बुँदे युद्धविराम आचारसंहिता जारी ।

२०६३ असार २: माओवादी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारमा सार्वजनिक, सात दल र माओवादीबीच ८ बुँदे समझदारी ।

२०६३ साउन २४: सरकार र माओवादीबीच पाँच बुँदे सम्झौता, शान्ति प्रक्रियामा राष्ट्रसंघलाई सहभागी गराउने निर्णय ।

२०६३ भदौ १२: राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनद्वारा काम सुरु ।

२०६३ कात्तिक २१: सात दल र माओवादीबीच हतियार व्यवस्थापन, अन्तरिम संविधान र अन्तरिम व्यवस्थापिकाबारे सहमति

२०६३ कात्तिक २२: सशस्त्र युद्धको समाप्ति र चालू युद्धविराम स्थायी अन्त्यको घोषणा ।

२०६३ मंसिर ५: विस्तृत शान्ति सम्झौता । विस्तृत शान्ति सम्झौताको बुँदा ४.४ मा 'माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापना निम्ति अन्तरिम मन्त्रिपरिषद्ले विशेष कमिटी बनाएर काम गर्ने' उल्लेख ।

२०६३ मंसिर २२: हतियार र सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौता ।

२०६३ माघ १: अन्तरिम संविधान जारी । अन्तरिम संविधानको धारा १४६ मा 'लडाकुहरूको संक्रमणकालीन व्यवस्था: माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापनाका निम्ति मन्त्रिपरिषद्ले विशेष समिति बनाउनेछ र त्यस्तो समितिको काम, कर्तव्य र अधिकार मन्त्रिपरिषद्ले निर्धारण गरेबमोजिम हुनेछ,' उल्लेख ।

२०६३ माघ ९: राष्ट्रसंघीय सुरक्षापरिषद्को प्रस्ताव नम्बर १७४० का आधारमा राष्ट्रसंघीय मिसन अनमिनको स्थापना ।

२०६३ चैत १८: माओवादी सम्मिलित अन्तरिम सरकार गठन ।

२०६४ चैत २८: संविधानसभा निर्वाचन सम्पन्न ।

२०६५ जेठ १५: गणतन्त्र नेपालको घोषणा ।

२०६५ साउन २१: माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित ।

२०६५: प्रधानमन्त्रीको अध्यक्षतामा माओवादी, कांग्रेस र एमालेबाट दुई/दुई तथा मधेसवादी दलबाट एक/एक गरी ८ सदस्यीय विशेष समिति गठन । यसमा शान्तिमन्त्री पदेन सदस्य र मुख्यसचिव सदस्यसचिव रहने छन् ।

२०६६ माघ २८: माओवादीका अप्रमाणित ४ हजार ८ जना लडाकुको बहिर्गमन ।

२०६७ भदौ ३१: विशेष समितिबाट 'माओवादी सेनाका लडाकुहरूको रेखदेख, नियन्त्रण्ा, निर्देशन प्रक्रिया र आचारसंहिता निर्देशिका- २०६७' पारित ।

२०६७ माघ १: अनमिनको बिदाइ । करिब ४ वर्षको अवधिमा अनमिनको समयावधि पटक-पटक गरी ७ पटक थपियो । यसक्रममा अनमिनले लडाकुहरूको प्रमाणीकरण, अनुगमन र विवाद सहजीकरणको काम गर्‍यो । सुरुमा अनमिनले ३२ हजार २ सय ५० लडाकु र ३ हजार ४ सय ७५ हतियार दर्ता गरेको थियो । प्रमाणीकरणका क्रममा अनावश्यक प्रश्न सोधेर लडाकुको संख्या घटाउन लागेको भन्दै माओवादीले विरोध गरेपछि केही समय प्रक्रिया अवरुद्ध भयो । अन्ततः १९ हजार ६ सय २ जनालाई वास्तविक लडाकु घोषणा गरियो । माओवादी दबाबमा ठूलो संख्या निकालेको भन्दै कांग्रेस, एमालेलगायतका दलको विरोध रह्यो । माओवादी अध्यक्ष दाहालले शक्तिखोरमा दिएको प्रशिक्षणमा आफ्ना वास्तविक लडाकु ६/७ हजारमात्रै भएको अभिव्यक्ति दिएको भिडियो टेप सार्वजनिक भएपछि त अनमिनको हदैसम्मको आलोचना भयो । प्रमाणित १९ हजार ६ सय २ मध्ये ३ हजार ८ सय ४६ महिला छन् । कुल दर्तामध्ये ८ हजार ६ सय ४० जना दोस्रो चरण्ाको प्रमाणीकरणमा उपस्थित नै भएनन् र स्वतः अयोग्य ठहरिए । दोस्रो चरणको प्रमाणीकरणमा ४ हजार ८ जना अयोग्य घोषति गरिए । यीमध्ये २ हजार ९ सय ७३ जना १८ वर्षमुनिका थिए । अनमिन जानुअघिसम्मको तथ्यांकअनुसार मातृका यादव समूहमा गएका र भागेकालाई घटाउँदा शिविरमा १९ हजार ५ सय ७५ लडाकुमात्र बाँकी छन् ।

२०६७ माघ १: अनमिन फर्केसँगै विशेष समिति मातहतको सचिवालयबाट शिविरको अनुगमन सुरु । सात मुख्य शिविर, त्यहाँ रहेको हतियारका सात कन्टेनर र छाउनी ब्यारेकमा रहेको हतियारको एक कन्टेनर अनुगमनका लागि प्रत्येकमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र लडाकुका दुई/दुई गरी ८ सदस्यीय अनुगमन संयन्त्र र व्यवस्थापकीय कार्यमा सघाउन प्रत्येक शिविरमा विभिन्न तहका सात कर्मचारी परिचालित । त्यसैगरी २१ सहायक शिविरमा नेपाली सेना र माओवादीका दुई/दुई तथा प्रहरी र सशस्त्र प्रहरीका एक/एक गरी ६ सदस्यीय अनुगनम संयन्त्र र पाँच कर्मचारी खटिएका छन् ।

२०६७ माघ ८: माओवादी लडाकुका शिविर र हतियारका कन्टेनर विशेष समिति मातहत ल्याउने घोषणा । यसका साथै शिविर इलाकामा रहेका अनुगमन संयन्त्रको रिर्पोटिङ लिन र आवश्यक निर्देशन दिन विशेष समिति र सचिवालयको कार्यालय रहेको नयाँबानेश्वरस्थित भवनमै एक सिचुएसन सेन्टर निर्माण । सिचुएसन सेन्टरका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र लडाकुका चार/चार गरी १६ जनशक्ति नियुक्त छन्, यिनलाई चारवटा टोलीमा बाँडिएको छ । सिचुएसन सेन्टर २४ घन्टा सञ्चालन रहन्छ । एक पटकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र लडाकुका एक/एक गरी चार सदस्यीय एक टोली कार्यरत रहन्छ, जसको कार्यअवधि आठ घन्टा तोकिएको छ ।

२०६८ कात्तिक २३: आगामी कात्तिक २३ गतेबाट पुनर्वर्गीकरणको काम सुरु गर्न सकिने सचिवालय संयोजक बालानन्द शर्माले बताएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईको संयोजकत्वमा बसेको विशेष समिति बैठकले सर्भेक्षण टोलीलाई चारबाट बढाएर सात पुर्‍याउने निर्णय गरेको छ । प्रत्येक टोलीमा १८ अधिकृत र १२ प्राविधिकसहित ३० जना रहनेछन् । यसका लागि २ सय १० जनाको भर्ना प्रक्रिया अगाडि बढाइसकिएको छ । सात मुख्य र २१ सहायक गरी २८ शिविरमध्ये प्रत्येक सर्भेक्षण टोलीको भागमा चार टोली पर्ने र एउटा शिविरको सर्भेक्षण सक्न नौ दिनका हिसाबले पुनर्वर्गीकरण सक्न ३६ दिन लाग्ने सचिवालयको समयतालिका छ । सचिवालयले बुधबारबाट जनशक्ति छनोट अघि बढाएर कात्तिक २१ सम्ममा तालिम, प्रशिक्षण दिई २२ गते शिविरमा परिचालन गर्ने र २३ बाट सर्भेक्षण गरी पुनर्वर्गीकरण थाल्ने सचिवालयको योजना छ । शीर्ष दलबीच मंसिर ७ गतेसम्म पुनर्वर्गीकरण सक्ने सहमति भएकाले सचिवालयले अनुगमनमा परिचालित जनशक्तिसमेत प्रयोग गरी निर्धारित समय तालिकाभित्र काम सक्ने योजना बनाएको छ ।

Friday 22 July 2011

Jordan vs Nepal Live....

Watch Jordan vs Nepal Live Stream World Cup Qualifying AFC on Saturday July 23 2011 kick-off time 17:00 GMT at Amman Stadium. If you have no money to buy ticket and dont have a chance to go or visit the stadium to Watch Jordan vs Nepal Live World Cup Qualifying AFC you can watch the game live here. We will post the Jordan vs Nepal live video streaming links when it is available online. You can also check justin tv, Ustream, Adthe, Rajangan, Fredocast, MyP2p, Sopcast they are also provide live coverage of this game.


Click Here To Watch Jordan vs Nepal Live Stream

Friday 15 July 2011

Nepal Vs Jordan : World Cup qualifiers




After their success against Timor Leste in first round of 2014 World Cup Asian Qualifiers with emphatic 7-1 aggregate victory, Nepal is all set to play against Jordan in the second round on July 23 and 28. Jordan, ranked 83rd in the FIFA ranking currently, are two times (2004 and 2011) quarter finalists in AFC Asian Cup.

Comparing the historical background of both the teams, Jordan seems much stronger than Nepal. But Nepali Coach Graham Roberts, former English International, believes that Nepal can beat Jordan. When asked if Nepal can beat Jordan, Roberts said, "Why not! We can beat them. We are confident and will do everything possible in the second round qualifiers"
Jordan and Nepal are playing against each other for the first time. Jordan might be a tough call for Nepal but one thing common in both teams is they have lost only one match played in last seven matches.

Here's some comparisons of two teams :

FIFA ranking
Nepal 148 Vs Jordan 83

Highest Ranking
Nepal 124 (Dec 1993) Vs Jordan 37 (July 2004)

Lowest ranking
Nepal 188 (Feb 2008) Vs Jordan 152 (July 1998)

Football governing body
All Nepal Football Association (ANFA)
Jordan Football Association (JFA)

World Cup Appearances
Nepal: never qualified
Jordan: never qualified

Asia Cup Appearances
Nepal: never qualified
Jordan: Quarterfinalists in 2004 and 2011

Nepal: Last seven matches
W W D L W W W
Opponents:
East Timor (twice), Sri Lanka, Korea DPR, Afghanistan, Bhutan (twice)


Jordan Last seven matches
D D L W W D D
Opponents:
Korea DPR, Kuwait, Uzbekistan, Syria, Saudi Arabia, Japan, Uzbekistan


Coach
Nepal: Graham Roberts, Former England International
Jordan: Adnan Hamad, Former Iraq International

Biggest Win
Nepal Vs Bhutan 7-0 (1999)
Jordan Vs Macau 13-0 (2006)

Biggest defeat
Nepal Vs South Korea 0-16 (2003)
Jordan Vs China 0-6 (1984)


National Stadium
Dasharath Rangashala, Capacity : 25,000
Amman International Stadium , Capacity : 25,000

Kit Provider
Nepal: Adidas
Jordan: Adidas

Jersey:
Home
Nepal: Red
Jordan: White
Away
Nepal: Blue
Jordan: Red

Saturday 25 June 2011

डिलिट वा फरम्याट भई सकेको फाइल फेरी प्राप्त (Recover) गर्ने तरिका

डिलिट वा फरम्याट भई सकेको फाइल फेरी प्राप्त (Recover) गर्ने तरिका
तपाईंलाई अबस्य पनि कहिले न कहिले यस्तो समस्या परेको नै होला कि आफ्नो महत्वपूर्ण फाइल वा फोल्डर गल्तीले डिलिट भएको ? अथवा कुनै समस्याको कारण आफ्नो कम्प्युटर फरम्याट गर्नु परेको । कुनै न कुनै कारण यस्तै कुनै महत्वपूर्ण फाइल वा फोल्डर गुमाउनु परेको । त्यो डिलिट भई सकेको फाइल फेरी पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Data Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । यस्तै सफ्टवयर बारे पहिले पनि जानकारी दिई सकेको थिए (यहा क्लिक गरेर हेर्न सक्नु हुन्छ)
यस्तै ठुलो समस्या समाधानको लागि यहाँ यस्तै एउटा software बारे जानकारी दिन गईरहेको छु , मात्र 2MB साइजको यो पोर्टेबल software बाट तपाईंले आफ्नो Disk Drive मात्र हैन आफ्नो USB PenDrive वा Memory Card बाट समेट Delete भई सकेको Data पुन प्राप्त गर्नु सक्नु हुनेछ ।
यो software Portable मा उपलब्ध छ यसको मतलब तपाईंले यसलाई कम्प्युटरमा install गरी राख्नु पर्ने जरुरत पर्ने छैन ।

बस यो software लाई download गर्नुहोस् unzip गर्नुहोस् र "PowerDataRecovery.exe" फाइल खोल्नुहोस् ।


भर्खरै Delete भएको फाइल पाउन चाहनु हुन्छ भने सुरुको "undelete Recovery" option लाई छान्नुहोस् (click गर्नुहोस् )
त्यहा तपाईंले home tab मा ४ वोटा option पाउनु हुनेछ ।


file कुन patrition मा थियो क्लिक गर्नुहोस् र "Recover" box मा क्लिक गर्नुहोस् ।


बाँया तिर फाइल वा फोल्डरहरुको list देखिनेछ त्यहा कुन फाइल हो छान्नुहोस् र बिचमा कुन फाइललाई recover गर्नु पर्ने हो tick मार्क लगाउनुहोस् र दाँया तिर भएको Save Files बक्समा क्लिक गर्नुहोस् ।


त्यस्तै format भईसकेको Disk बाट Data फर्काउनु छ भने Advanced Recovery tab मा क्लिक गर्नुहोस् र same procress गर्नुहोस् ।

सबै प्रकृयाको लागि Disk को size अनुसार केही टाईम लाग्न सक्छ ।

यो software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् (http://www.box.net/shared/stp63gn3sbsp0jc49lnn)

नोट : यो सफ्टवयर जती उपयोगी छ त्यती खतरनाक पनि किनभने तपाईंले कुनै त्यस्तै फाइल जानी जानी अरुले नहिरोस वा नदेखोस् भनेर डिलिट गर्नु भएको छ भने पनि कसैले यही software को प्रयोग गरेर तपाईंले डिलिट गर्नु भएको फाइल प्राप्त गर्न सक्छ ।

Enjoy !!!

latest Music Videos


More Music Videos
latest articles